काठमाडौं । उच्च अदालत पाटनले केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु चुनाव रोक्न आदेश दिएको छ ।
नेविसंघका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएको हो ।
सर्वदलीय सहमतिपछि ८ गते मतदान गर्ने तयारी भएपनि यो आदेशसँगै निर्वाचन रोकिने भएको छ ।











