१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ करोडसहित टोखाबाट समातिएका लामा राजश्व अनुसन्धानको जिम्मामा



अ+ अ-

काठमाडौँ । विदेशी मुद्रासहित पक्राउ परेका ट्रक चालकलाई प्रहरीले राजवश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन, ललितपुर पठाएको छ ।

२५ करोड रुपैयाँ भन्दा बढी रकमसहित टोखाबाट सोमबार राति पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चालकको सिटमाथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड बढी रकमसहित टोखाको झोरबाट लामालाई पक्राउ गरेको थियो ।

बरामद युरो, डलरसहित थप अनुसन्धान र कारबाहीका लागि विभाग पठाइएको हो । उनलाई मंगलबार नै प्रहरीले विभागको जिम्मा लगाएको थियो ।

उनीमाथि राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को कसुरमा उच्च अदालत पाटनबाट म्याद लिएर विभागले अनुसन्धान गर्नेछ ।