२० भाद्र २०८३, शनिबार
,
Latest
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल



अ+ अ-

काठमाडौँ । सरकारले कम्बोडियासँग सिधा हवाई सेवा सञ्चालनबारे छलफल थालेको छ ।

कम्बोडियाका वरिष्ठ सरकारी अधिकारीहरुसँग मङ्गलबार न्होमपेनमा भएको भेटमा सरकारले सेवा सञ्चालनबारे छलफल गरेको हो ।

कम्बोडिया भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्ना कम्बोडियाली समकक्षीसँग नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल भएको हो । उहाँले त्यहाँका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनलाई पनि भेटेर त्यस सम्बन्धमा छलफल गर्नुभएको हो ।

नेपाल र कम्बोडियाबीच बृहत्तर बुद्ध परिपथसँगै धार्मिक एवं पर्यटकीय सञ्जाल निर्माणबारे छलफल भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । साथै मन्त्री पाण्डेले दुई मुलुकबीच पर्यटन प्रवर्द्धन र द्विपक्षीय हितका विविधि आयामबारे छलफल गर्नुभएको थियो ।