३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदलाई नीति र कार्यक्रमका माध्यमबाट जनतालाई जोड्ने थलो बनाउन आवश्यकः सचेतक बराल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) की सचेतक सुनिता बरालले संसदलाई निराशा पोखर जनता भड्काउने नभई नीति र कार्यक्रमका माध्यमबाट जनतालाई जोड्ने थलो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बरालले यस्तो बताउनुभएको हो । उहाँले जनताका समयसापेक्ष समस्या समाधान गर्न चालेका कदमहरुमा सहयोग गर्न समेत उहाँले सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ । उहाँले नयाँ दलहरुले पुराना राजनीतिक दलका नेतृत्वमाथि पुस्ताको कुरा उठाएर गाली गर्ने काम मात्र गरेको समेत आरोप लगाउनु भयो । उहाँले जनता र नयाँ पुस्ताका समस्यामा बसह गरेर पुस्तान्तरण आवश्यकतालाई प्रमाणिकरण गर्न समेत आग्रह गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रमा उत्पादनले कममा क्षेत्र ओगटेको उल्लेख गर्दै उत्पादन बढाउनु आजको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सदनमा निराशा पाखेर जनतालाई भड्काउने होइन । नीति र कार्यक्रमका आधारमा जनतालाई समेट्ने थलो बनाउन आवश्यक छ । यो कुरालाई संस्थागत गर्न सरकारले चालेका पहलहरुमा सबैले सहयोग गर्न आवश्यक छ । आज नेपालको अर्थतन्त्रको स्वरुप फेरिँदै छ । अर्थतन्त्रमा थोक व्यवसायले ३० प्रतिशत क्षेत्र ओगटेको छ । उत्पादनको क्षेत्रले लगभग १५ प्रतिशत हारहारीले ओगटेको छ । आज समय र हाम्रा आवश्यकताहरु परिवर्तन भएका छन् । तर यो उत्पादकत्व दक्षीण एसियाली मुलुकहरुमै हेर्दाखेरि नेपालमा केही कम भएको हो कि भन्ने अनुभूति हामीलाई भएको छ । आज हामीले उत्पादनको क्षेत्र बढाउन आवश्यक छ ।’

उत्पादन क्षेत्रमा जनशक्ति बढाउनको लागि शिक्षा प्रणालीलाई सिपमुलक बनाउन जरुरी रहेको उहाँको भनाइ छ ।