६ चैत्र २०८१, बुधबार
March 19, 2025 Wednesday

13.27°C

काठमाडौं

13.27°C

Kathmandu

Feels-like: 12.51

Wind: 1.54

Humidity: 71

तपाईं के खोज्दै हुनुहुन्छ ?

पुल्चोक क्याम्पसको सभापतिमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित



अ+ अ-

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् ।

उनी ११०२ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी माओवादी निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याए ।

श्रेष्ठ स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् ।

यस्तै, सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत ल्याएर निर्वाचित भएका छन् भने कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकाल १०४२ मत ल्याएर निर्वाचित भए । पुल्चोकमा ३ हजार ८०७ जना मतदाता थिए ।