६ चैत्र २०८१, बुधबार
March 19, 2025 Wednesday

13.22°C

काठमाडौं

13.22°C

Kathmandu

Feels-like: 12.45

Wind: 1.54

Humidity: 71

तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच झडप



अ+ अ-

काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबिच झडप भएको छ ।

स्ववियु निर्वाचनका लागि फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद सिर्जना भएपछि मंगलबार दुई संगठनका नेता तथा कार्यकर्ताबिच हानाहान भएको हो ।

एक जना विद्यार्थीको विद्यार्थी परिचयपत्रमार्फत सात जनासम्मले मतदान गरेको पाइएपछि विवाद सिर्जना भएको बताइएको छ ।

१०० जना विद्यार्थीले मतदान गरिसकेपछि विवाद सिर्जना भएर मतदान प्रक्रिया रोकिएको थियो । विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेका बेला बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ता झडपमा उत्रिएका हुन् ।

निर्वाचन परिसर तनावग्रस्त बनेपछि निर्वाचन समितिको बैठक बसिरहेको छ भने अनेरास्ववियु लगायतका विद्यार्थी संगठनहरूले मतदान प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन् ।

उनीहरूले निर्वाचन समितिलाई ज्ञापनपत्र बुझाउँदै मतदान प्रक्रियाबाट बाहिरिएको घोषणा गरेका हुन् ।

अर्कोतर्फ नेविसंघ लगायतका अन्य विद्यार्थी संगठनहरूले हार्ने डर भएपछि अनेरास्ववियुले चुनाव विथोल्न खोजेको आरोप लगाएका छन् ।