१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

फिदिममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

फिदिममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
अ अ+ अ-

पाँचथर । फिदिममा हाडजोर्नी तथा नसा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल अपाङ्ग सङ्घ–नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, रोटरी क्लब अफ ललितपुर र स्विट्जरल्यान्डका डा डिटमार माउरको समूह, फिदिम नगरपालिका र जिल्ला अस्पताल पाँचथरको सहकार्यमा शिविर सञ्चालन भएको हो ।

जिल्ला अस्पताल पाँचथरको आयोजनामा सञ्चालन भएको पाँचदिने निःशुल्क स्वास्थ्य शिविरको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले आज उद्घाटन गर्नुभयो ।

शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण तथा हाडजोर्नी तथा नसा रोगको शल्यक्रिया सेवा प्रदान गरिने नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले जानकारी दिनुभयो । निर्देशक डा भण्डारीका अनुसार शिबिरमा हड्डी तथा जोर्नीसम्बन्धी समस्या भएका बिरामीको उपचारसहित आवश्यक परेमा शल्यक्रिया तथा औषधि वितरणको व्यवस्था मिलाइएको छ ।

नेपाल अर्थोपेडिक अस्पतालले विभिन्न निकायहरुसँगको समन्वय र साझेदारीमा यस प्रकारका शिविर आयोजना गर्दै आएको निर्देशक डा भण्डारीले जानकारी दिनुभयो । विशेषतः गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भएका र कमजोर आर्थिक अवस्थाका बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ ।

नेपाल अर्थोपेडिक अस्पतालले १२ वर्षअघि पनि पाँचथरको फिदिमै हाडजोर्नी तथा नसा रोगसम्बन्धी शिविर सञ्चालन गरेको स्मरण गर्दै निर्देशक डा भण्डारीले स्रोतसाधनले भ्याएसम्म देशव्यापी रुपमा यस किसिमको शिविर सञ्चालन गरी विरामीको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आगामी पाँच वर्षसम्म नेपालका दुर्गम तथा विपन्न समुदायमा अर्थोपेडिक स्वास्थ्य सेवा पु¥याउनका लागि रोटरी क्लब अफ ललितपुर, नेपाल अर्थोपेडिक अस्पताल र स्विट्जरल्यान्डका डा डिटमार माउरको समूहबीच समझदारीपत्रमा हस्ताक्षर भएको सो अवसरमा जानकारी गराइयो ।

शिविर सञ्चालनका लागि सहयोग गर्नुभएका डा माउरले आफू हिमाली क्षेत्रको भ्रमणका क्रममा नेपाल आउँदा कमजोर आर्थिक अवस्थाका बिरामीले उपचार गर्न नसकेको जानकारी प्राप्त भएपछि स्वास्थ्य क्षेत्रमा सहयोग गर्न थालेको बताउनुभयो ।

शिविरको स्थानीयस्तरमा आयोजना र व्यवस्थापन गरिरहेको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले कमजोर आर्थिक अवस्थाकै कारण शरीरमा राखिएका स्टिल निकाल्न नसकेका र हातखुट्टा फर्किएर उपचार गराउन नपाएका विरामीहरुका लागि शिविर फलदायी हुने धारणा व्यक्त गर्नुभयो । दुई वर्षअघि पनि फिदिम नगरपालिकाले हाडजोर्नीसम्बन्धी शिविर सञ्चालन गरेको जानकारी दिँदै नगर प्रमुख काफ्लेले जिल्लामै विशेषज्ञ चिकित्सकहरुको सेवा उपलब्ध नहुँदा शिविरमार्फत सेवा प्रदान गरिँदै आएको बताउनुभयो ।

आगामी पाँच वर्षसम्म नेपालका दुर्गम तथा विपन्न समुदायमा अर्थोपेडिक स्वास्थ्य सेवा पुर्‍याउनका लागि रोटरी क्लब अफ ललितपुर, नेपाल अर्थोपेडिक अस्पताल र स्विजरल्याण्डका डा डिटमार माउर माउरको समुहबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो  ।