• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकाल विस्तार गर्नेबारे छलफल गर्ने



विज्ञहरूको स्वतन्त्र समितिको सहयोगमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसका लागि घोषणा गरेको विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल विस्तार गर्ने कि नगर्ने भनेर आज विचार गर्ने भएको छ ।

हालको ‘अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल’ झण्डै दुई वर्षदेखि लागू भएको छ। समितिले कोरोना भाइरस सङ्कटकाल घोषणा गर्न सिफारिस गरे पनि वा नगरे पनि त्यसको केही व्यावहारिक नतिजा हुनेछ ।

यद्यपि कोरोना भाइरस सङ्कटकाल समाप्त गर्दा विश्वभर यसको मामिला बढ्दै गरेको अवस्थामा यसले गलत सङ्केत दिनसक्ने भन्दै धेरै विज्ञहरू चिन्तित छन्।

डब्लुएचओका अनुसार गत हप्ता विश्वव्यापी कोभिड–१९ मामिलाहरू रेकर्ड उच्च अवस्थामा पुगेको छ । जनवरी ९ सम्मको सात दिनमा एक करोड ५० लाख मानिसलाई कोरोना पोजिटिभ देखिएको छ । 

डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले उक्त सङ्ख्या अघिल्लो सात दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । एजेन्सी