१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकाल विस्तार गर्नेबारे छलफल गर्ने

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकाल विस्तार गर्नेबारे छलफल गर्ने
अ अ+ अ-

विज्ञहरूको स्वतन्त्र समितिको सहयोगमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसका लागि घोषणा गरेको विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल विस्तार गर्ने कि नगर्ने भनेर आज विचार गर्ने भएको छ ।

हालको ‘अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल’ झण्डै दुई वर्षदेखि लागू भएको छ। समितिले कोरोना भाइरस सङ्कटकाल घोषणा गर्न सिफारिस गरे पनि वा नगरे पनि त्यसको केही व्यावहारिक नतिजा हुनेछ ।

यद्यपि कोरोना भाइरस सङ्कटकाल समाप्त गर्दा विश्वभर यसको मामिला बढ्दै गरेको अवस्थामा यसले गलत सङ्केत दिनसक्ने भन्दै धेरै विज्ञहरू चिन्तित छन्।

डब्लुएचओका अनुसार गत हप्ता विश्वव्यापी कोभिड–१९ मामिलाहरू रेकर्ड उच्च अवस्थामा पुगेको छ । जनवरी ९ सम्मको सात दिनमा एक करोड ५० लाख मानिसलाई कोरोना पोजिटिभ देखिएको छ । 

डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले उक्त सङ्ख्या अघिल्लो सात दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । एजेन्सी