१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक सम्पन्न



अ+ अ-

काठमाडौँ, ५ चैत । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक आज सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको भने गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरुमा ध्यान दिन जोड दिइएको छ ।

बैठकमा कुलपति ओलीले चिकित्सा शिक्षाका साथै पोखरा र त्यस क्षेत्रका बासीको स्वास्थ्य सेवालाई प्रभावकारी र सुशासनयुक्तरुपमा प्रदान गर्न निर्देशन दिनुभयो । उहाँले आर्थिक वर्ष लाग्नुपूर्व नै बजेट तथा कार्यक्रम पारित गराउन आग्रह गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेल सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा डुकबहादुर क्षेत्रीले प्रतिष्ठानबाट आफ्नो कार्यकालमा भएका प्राज्ञिक, व्यवस्थापकीय र स्वास्थ्य सेवाका क्षेत्रमा भएको प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।