१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

आईपीएल २०२२ दक्षिण अफ्रिकामा हुने, प्लान बी तयार, छिमेकी राष्ट्र पनि दावेदार

आईपीएल २०२२ दक्षिण अफ्रिकामा हुने, प्लान बी तयार, छिमेकी राष्ट्र पनि दावेदार
अ अ+ अ-

नयाँ दिल्ली । भारतीय टोली अहिले दक्षिण अफ्रिकाको भ्रमणमा छ । टेष्टपछि त्यहाँ तीन खेलको एकदिवसीय सिरिज पनि खेल्ने छ । भ्रमण सकेर सबै शीर्ष क्रिकेटर स्वदेश फर्कँदा सम्भवतः भारतमा कोरोनाको तेस्रो लहर चरम सीमामा हुनेछ । बीसीसीआईले पनि यी सबै अवस्थालाई नजिकबाट नियालिरहेको छ। यस्तो अवस्थामा आईपीएल २०२२ को प्लान बीमा पनि काम भइरहेको छ । यसपटक युएईको सट्टा दक्षिण अफ्रिका वा श्रीलङ्कामा प्रतियोगिता आयोजना गर्न सकिने बताइएको छ ।

दक्षिण अफ्रिकाको नाम सबैभन्दा माथि

आईपीएल २०२२ अर्थात् १५ औँ सिजन धेरै हिसाबले विशेष हुने भएको छ । टोलीको सङ्ख्या ८ बाट बढेर १० पुगेको छ । यसपटक मेगा अक्सन हुने भएकाले धेरै खेलाडी नयाँ टोलीसँग खेलेको देखिनेछन् । यदि कोरोनाका कारण देशको अवस्था बिग्रियो र आइपिएल विदेश सार्नु नै एकमात्र विकल्प देखियो भने  भारतीय बोर्डले दक्षिण अफ्रिकालाई पहिलो रोजाइ बनाउने छ । त्यहाँ सन् २००९ को दोस्रो संस्करण पनि खेलिएको थियो किनभने त्यसबेला भारतमा आम निर्वाचन भएको थियो । 

युएईमा किन नगर्ने ?

अहिले भारतमा कोरोना तीव्रगतिमा फैलिरहेको छ । यो मुम्बई, दिल्ली जस्ता महानगरमा पूर्णरूपमा फैलिएको छ। बीसीसीआईले घरेलु क्रिकेटका धेरै प्रतियोगिता एकपछि अर्को गर्दै स्थगित गरेको छ । बीसीसीआईको एक स्रोतले भन्यो, “विगत दुई वर्षदेखि फैलिएको महामारीका कारण प्रतियोगिता युएईमा गराउनुपरेको थियो । यसपटक हामी प्रतियोगितालाई खाडी मुलुकबाट बाहिर लैजान चाहन्छौँ । एउटै देशमा भर पर्न सकिँदैन । हामीले थप विकल्पहरू खोज्ने निर्णय गरेका छौँ।”

साँझ ७ः३० देखि खेल नहुने 

भारतको समय दक्षिण अफ्रिकाभन्दा साढे तीन घण्टा अगाडि छ। युएई वा भारत जस्तो नभई आईपीएल खेलमा रात्रि खेलहरू चाँडै सुरु गर्नुपर्छ। यदि प्रसारणकर्ताहरूले आफ्नो मनपर्ने समय साँझ ७ः३० मा अडिग रहे भने दक्षिण अफ्रिकामा खेलको पहिलो बल ४ बजे फ्याँकिने छ । वर्षौँदेखि खेलाडीहरूले प्रायः खेलहरू मध्यरातपछि समाप्त हुने बारे गुनासो गरेका छन्। लगातार हवाई यात्रासँगै खेलाडीहरू यस्तो कडा तालिकाले थकित हुन्छन्।

छिमेकी राष्ट्र श्रीलङ्का पनि दावेदार 

सन् २०२० मा पनि श्रीलङ्का आईपीएलको सबैभन्दा ठूलो दावेदार थियो। भारतबाट छोटो दूरीमा कोरोनाको कम केसहरूले यसलाई प्रिमियम विकल्प बनाएको थियो। लजिस्टिक पनि एउटा ठूलो मुद्दा बनेको थियो । श्रीलङ्का बोर्ड बीसीसीआईसँग लगातार सम्पर्कमा थियो तर युएईले बाजी मार्यो  यसपटक श्रीलङ्कालाई विकल्पका रुपमा लिइएको छ । एजेन्सी