
विराटनगर । मोरङको धनपालथान गाउँपालिका –६ कदमा गाउँमा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए । मृत्यु हुने बालबालिकाको सनाखत भइसकेको छैन ।
यस्तै, आगलागीबाट आठ घर जलेर नष्ट भएको एसपी चिमोरीयाले बताए । आगो अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीयबासी, दमकल र प्रहरी खटिएको छ ।
आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।