१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

चालु आ.व.मा शहरी विकास मन्त्रालयको वित्तीय प्रगति १७.९३ प्रतिशत

चालु आ.व.मा शहरी विकास मन्त्रालयको वित्तीय प्रगति १७.९३ प्रतिशत
अ अ+ अ-

काठमाडौँ । शहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरुमध्ये पनि १ हजार ९८ वटा कार्यक्रमहरुको ठेक्का सम्झौता भइ १२४ वटा कार्यक्रमहरुको निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।

मंगलवार मन्त्रालयको चालु आवको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण मैनालीकाअनुसार शहरी विकास मन्त्रालयको वित्तीय प्रगतिमा चालु आर्थिक वर्ष २०८१/०८२ मा यस वर्षको बजेट जम्मा ९१ अर्ब ५५ करोड २३ लाख रहेकोमा संघतर्फ ६८ अर्ब ३५ करोड ८३ लााख ३९ हजार रहेको बताउनु भयो । जसमध्ये चालुतर्फ ४ अर्ब ८२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ ६३ अर्ब २३ करोड ४५ लाख १६ हजार विनियोजित रहेको जानकारी दिनुभयो ।

हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत रहेको छ भने पुँजीगततर्फको खर्च १७.४३ प्रतिशत रहेको बताउनु भयो । हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार ९१७.९३ प्रतिशत० खर्च भएको बताउनु भयो । चालु आर्थिक वर्षको ३ हजार ७ सय १६ वटा नयाँ कार्यहरुमध्ये १ हजार ६ सय २३ वटा कार्यक्रमको बोलपत्र आह्वान भइसकेको र बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरुमध्ये १ हजार ९८ वटा कार्यक्रमहरुको ठेक्का सम्झौता भइ १२४ वटा कार्यक्रमहरुको निर्माण कार्य सम्पन्न भएको बताउनु भयो ।

बोलपत्र आह्वान हुन नसकेको बाँकी २ हजार ९३ वटा कार्यक्रमहरुमध्ये २८८ वटा कार्यक्रमहरु बहुवर्षीय स्वीकृतिको लागि प्रश्तावित कार्यक्रमहरु हुन् भने ८० वटा कार्यक्रमहरु संशोधनका लागि प्रश्तावित कार्यक्रमहरु भएको बताउनु भयो । संशोधनका लागि प्रश्तावित ८० वटा कार्यक्रमहरुमध्ये ४४ वटा संशोधन गरी आइसकेको र बाँकी संशोधन हुने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । १ हजार ४ सय ५९ वटा पुराना तथा बहुवर्षीय स्वीकृत कार्यक्रमहरुमध्ये चालु आर्थिक वर्षमा जम्मा २ सय ८० वटा कार्यक्रमहरु सम्पन्न भइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शहरी विकास मन्त्रालयको वित्तीय प्रगतिमा चालु आर्थिक वर्ष २०८१/०८२ मा यस वर्षको बजेट जम्मा ९१ अर्ब ५५ करोड २३ लाख रहेकोमा संघतर्फ ६८ अर्ब ३५ करोड ८३ लााख ३९ हजार रहेको छ । जसमध्ये चालुतर्फ ४ अर्ब ८२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ ६३ अर्ब २३ करोड ४५ लाख १६ हजार विनियोजित छ । हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत रहेको छ भने पुँजीगततर्फको खर्च १७.४३ प्रतिशत रहेको छ । हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात १७.९३ प्रतिशत खर्च भएको अवस्था छ । चालु आर्थिक वर्षको जम्मा ३ हजार ७ सय १६ वटा नयाँ कार्यहरुमध्ये १ हजार ६ सय २३ वटा कार्यक्रमको बोलपत्र आह्वान भइसकेको छ ।

बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरुमध्ये पनि १ हजार ९८ वटा कार्यक्रमहरुको ठेक्का सम्झौता भइ १२४ वटा कार्यक्रमहरुको निर्माण कार्य सम्पन्न भएको छ । बोलपत्र आह्वान हुन नसकेको बाँकी २ हजार ९३ वटा कार्यक्रमहरुमध्ये २८८ वटा कार्यक्रमहरु बहुवर्षीय स्वीकृतिको लागि प्रश्तावित कार्यक्रमहरु हुन् भने ८० वटा कार्यक्रमहरु संशोधनका लागि प्रश्तावित कार्यक्रमहरु हुन् । संशोधनका लागि प्रश्तावित ८० वटा कार्यक्रमहरुमध्ये ४४ वटा संशोधन गरी आइसकेको छ भने बाँकी संशोधन हुने प्रक्रियामा छन् । १ हजार ४ सय ५९ वटा पुराना तथा बहुवर्षीय स्वीकृत कार्यक्रमहरुमध्ये चालु आर्थिक वर्षमा जम्मा २ सय ८० वटा कार्यक्रमहरु सम्पन्न भइसकेका छन् ।’

उहाँले ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म १६२ वटा निर्माण सम्पन्न भएको बताउनु भयो । स्थानीय तहबाट हुने सार्वजनिक सेवा प्रवाह सहज रुपले दिने उद्देश्यका साथ ६८ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म ३६ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न गरी सार्वजनिक सेवा सुचारु भएको बताउनु भयो । १२९ वटा पालिकाका प्रशासकीय भवन निर्माणधीन अवस्थामा रहेको बताउनु भयो ।

यस आर्थिक वर्षमा १ हजार ७ सय २३ हेक्टर सिञ्चित क्षेत्रफल सिञ्चित गर्ने उद्देश्य रहेकोमा साना सिंचाई कार्यक्रम कार्यान्वयन अन्तर्गत ६७८ हेक्टर क्षेत्रफल सिंचाई सुविधा पुगेको बताउनु भयो । वागमती सुधार आयोजनाअन्तर्गत यस आर्थिक वर्षमा २ सय मिटर नदी, तटबन्ध, ३ सय ५० मिटर सडक कालोपत्रे र १ सय ५० मिटर मुख्य ढल निर्माण भएको छ । कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरुप प्यारापिट निर्माण कार्य र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भइ २०८२ वैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्नेगरी निर्माण कार्य अघि बढिरहेको बताउनु भयो ।

हालसम्म भैँसेपाटीस्थित मन्त्रीनिवासको दोस्रो चरणको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भइ बाँकी निर्माण कार्य भइरहेको र चण्डीदल गणको लागि भवन निर्माण कार्य सम्पन्न भइ हस्तान्तरणको प्रक्रियामा रहेको र प्रयोगमा आइसकेको मन्त्रालयले जनाएको छ ।