३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा सोमबार एउटा सानो विमान समुद्रमा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

दमकल विभागका मेजर विल्मर गुरेरोले पत्रकारहरूलाई दुर्घटनास्थलबाट १० जनालाई निकालिएको र तीमध्ये ६ जनालाई अस्पतालमा मृत घोषित गरिएको बताउनुभयो ।

त्यसपछि समुद्रमा विमान नजिकै एक चालक दलको सदस्यको शव तैरिरहेको फेला परेको थियो । उक्त विमान किनारबाट करिब एक किलोमिटर टाढा दुर्घटनामा परेको थियो ।

अधिकारीहरूले विमानमा सवार व्यक्तिहरूको सङ्ख्याका बारेमा १७ वा १८ रहेको परस्पर विरोधी रिपोर्टहरू दिएका छन् ।

गुरेरोले यात्रुहरूमध्ये एक ४० वर्षीय फ्रान्सेली नागरिकलाई मूल भूमिमा रहेको सान पेड्रो सुला सहरको अस्पतालमा स्थानान्तरण गरिने बताउनुभयो ।

लान्सा एयरलाइन्सको विमान बे आइल्यान्ड्सको एक रोआटानबाट साँझमा उडान भरेको थियो र मूल भूमिमा रहेको ला सेइबा बन्दरगाहतर्फ जाँदै थियो । रोआटान होन्डुरसको मुख्य पर्यटकीय गन्तव्यहरू मध्ये एक हो ।

“विमान झन्डै हामीमाथि खस्यो । म माछा मार्दै थिएँ”, एचसिएच टेलिभिजनलाई एक माझीले बताए ।

होन्डुरसका राष्ट्रपति सिओमारा क्यास्ट्रोले दुर्घटनाका पीडितहरूलाई सहयोग गर्न सशस्त्र बल, दमकल र अन्यहरू समावेश भएको आपत्कालीन समिति ‘तुरुन्तै सक्रिय’ गरेको बताउनुभयो ।

ब्रिटिस निर्मित जेटस्ट्रीम ४१ मा ‘स्पष्ट यान्त्रिक खराबी’ का कारण दुर्घटना भएको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।