२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरआर क्याम्पसमा स्ववियु निर्वाचन स्थगित



अ+ अ-

काठमाडौँ । राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन स्थगित भएको छ ।

सम्पूर्ण तयारी सम्पन्न भइसकेको अवस्थामा क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकुल अवस्था सृजना भएकोले निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख पदमकुमार अधिकारीले जानकारी दिए ।

सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तय गरिने बताइएको छ । सत्तारुढ नेकपा (एमाले) निटक विद्यार्थी सङ्गठन अनेरास्ववियुले गएराति क्याम्पसमा तालाबन्दी गरेको थियो ।

निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भेटिएकाले तालाबन्दी गरिएको अनेरास्ववियुले जनाएको छ ।