११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर अस्पतालका मेसुसहित ३ डाक्टरमा देखियो कोरोना !



अ+ अ-

चितवन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना पुष्टि भएको छ । शनिवार राति गरिएको कोरोना परीक्षणमा डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा. कृपा पौडेललाई कोरोना संक्रमण देखिएको छ । संक्रमित डा. तिवारी अस्पतालकै आइसोलेसन वार्डमा बसेका छन् । 

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालकै आकस्मिक कक्षमा काम गर्ने अर्का एक जना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि सोही कक्षमा काम गर्ने नर्सलाई संक्रमण भएको थियो ।

यस्तै, अस्पतालका प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल पनि अस्पतालकै क्याविनमा बस्न आउँदै गरेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । प्रा.डा. पोखरेललाई भने हल्का ज्वरो र सामान्य खोकी लागिरहेको छ ।