१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष प्रस्ताव पारित गर्दै एमालेले भन्यो– राजतन्त्र फर्काउने प्रयास सफल हुँदैन



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकाल्दै विशेष प्रस्ताव पारित गरेको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उपमहासचिव ज्ञवालीले भने ‘राजतन्त्रले पटक–पटक जनताको अधिकारमाथि आक्रमण गरेकोले सर्वसत्तावादतर्फ उद्दत गर्दै राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भनेर गणतन्त्र स्थापना गरिएको हो । जनताको यस फैसलालाई उल्टाउने र देशलाई पश्चगामी दिशातिर फर्काउने कुनै प्रयास सफल हुँदैन ।’

केही समययता गणतन्त्र र संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण रहेको पनि उनले बताए ।