४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक बस्दै, दीपक थापा आईजीपी बन्ने !



अ+ अ-

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । आज बस्ने बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।

साँझ बस्ने बैठकले नेपाल प्रहरीको ३१ औं आईजीपीमा दीपक थापालाई नियुक्त गर्ने उच्च स्रोतले बताएको छ ।

आईजीपी बसन्त कुँवरको चैत ५ गतेबाट अनिवार्य अवकाश हुने भएपछि बैठकले ३१ औं आईजीपीका रुपमा थापालाई चयन गर्ने भएको हो । कुँवरसँगै अन्य ९ जना उच्च अधिकृत पनि प्रहरी सेवाबाट बिदा हुँदैछन् ।

एआईजीहरू थापासँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि आईजीपीको दौडमा थिए ।

हाल केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को नेतृत्व सम्हालिरहेका थापाले इन्स्पेक्टर दर्जादेखि एआईजीसम्म २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन् ।