
काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार फेरिने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन् ।
सोमबार संसद् भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै बर्तौलाले राष्ट्रिय सहमतिको आधारमै अहिलेको सरकार बनेकोले फेरिने सम्भावना नभएको बताएका हुन् ।
सरकार परिवर्तन कुनै दललाई सरकारमा भित्र्याउने वा बाहिर पठाउने विषयमा दलहरू केन्द्रित नरहेको जनाउँदै सरकारमा आउन रुचि भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको दाबी गरे ।
हाल कांग्रेस र एमालेको संयुक्त सरकार भए पनि ०८४ को निर्वाचनमा भने एमालेले बहुमत ल्याउने गरी तयारी गर्ने उनको भनाई छ ।