१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राजनीतिकर्मी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पती छानविन गर्न उच्चस्तरीय आयोग गठनको माग

राजनीतिकर्मी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पती छानविन गर्न उच्चस्तरीय आयोग गठनको माग
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद डा वेदुराम भुसालले राजनीतिक दलका नेता तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पती छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्न प्रश्ताव गर्नुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्ताव गर्नुभएको हो । उहाँले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार वाधक रहेको समेत उल्लेख गर्नुभयो । संविधान संशोधन गरेरै भएपनि सर्वशक्तिसम्पन्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले छानविन गर्दा यदि कसैले गैरकानूनी रुपमा सम्पती आर्जन गरेको भेटिए त्यसलाई राष्ट्रियकरण गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अर्को कुरा भ्रष्टाचारको यति ठूलो आवाज उठेको छ भने सशुासनको मुल समस्या भ्रष्टाचार हो भने त्यसका निम्ति संविधान संशोधन गरेरै भएपनि एउटा उच्च स्तरको सर्वशत्तिसम्पन्न छानविन आयोग बनाउँ जसले केवल राजनीतिकर्मीको मात्रै नभई मुलुकको सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानविन गरौं । यदि छानविन गर्दाखेरि यदि कसैले गैरकानूनी ढंगले कमाएको सम्पती छ भने त्यसलाई राष्ट्रियकरण गरौं ।’

उहाँले संविधानमा रहेका समस्याहरुको पहिचान गर्न संविधानको पुनरावलोकन गर्न जरुरी रहेको बताउनु भयो ।