७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 4.63

Humidity: 25

Latest
यस वर्ष पाँच सय युवालाई स्टार्टअप ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी सामसनले नभई यी खेलाडीले गर्नेछन् राजस्थानको सुरुवाती तीन खेलको कप्तानी प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट असोजमा विपदबाट भएको क्षति आँकलन तत्काल अघि बढ्छः गृहमन्त्री लेखक पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तिब्र पारेका छौँः गृहमन्त्री पूर्वराजाले ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै सांसद खतिवडाको आपत्ति मधेसका महिलाहरुलाई अवसर दिन जरुरीः उपसभामुख राना १८ औं संस्करणको आईपीएलमा नयाँ के छ ? खेलाडी हुनेछन् मालामाल दलित समुदायमाथि भइरहेका विभेदका घटना तत्काल बन्द गरी दोषीलाई कारबाही गर्न ध्यानाकर्षण गौर हत्याकाण्डका दोषीलाई कारबाही र पीडितलाई न्याय दिन आजपाद्वारा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारीको सम्पती छानविन गरी राष्ट्रियकरण गरौँः जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले मुलुकमा सुशासन स्थापित गर्न सामाजिक र सांस्कृति अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१ माथि छलफलमा भाग लिदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सुशासनको लागि नेतृत्वले जनताको विश्वास जित्नु पर्ने बताउनु भयो । उहाँले भ्रष्टाचारमा सम्लग्न भएका राजनीतिक नेतृत्वको सम्पती छानविन गरेर राष्ट्रियकरण गर्नुपर्ने बताउनु भयो । संवैधानिक आयोगहरुले गर्ने काम कारबाही पारदर्शी हुनेपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सुशासनयुक्त छैन आजको हाम्रो अभ्यास, कुसाशनतिर नै बढी गएको छ । त्यसकारण सुशासनका लागि पहिला हामीले जनताको विश्वास आर्जन गर्नु जरुरी छ । हाम्रा संवैधानिक आयोगहरुले गर्ने कामहरु जनताका लागि पारिदर्शिता होउन्, जनताले स्वीकार गर्ने होउन् । अहिले भ्रष्टाचारको विषय मुख्य रुपमा उठेको छ र यो राजनीतिक नेतृत्वमाथिनै केन्द्रित छ । त्यसकारण राजनीतिक नेतृत्वको सम्पत्ति छानविन गरेर सकिन्छ भने त्यसको राष्ट्रियकरण गरेर जनतालाई स्पष्ट गर्न सक्दा त्यागको भावनाबाट राज्य चलाउने संकल्प गर्दा मात्रै गर्न सकिन्छ । हामीले सुशानलाई स्थापित गर्नका लागि सामाजिक र सांस्कृति अभियान चाहिएको छ ।’

उपमहासचिव शर्माले नेतृत्वलाई खबरदारी गर्दै जनताको निर्देशनमा चल्नसक्ने साशन प्रणाली र संस्कारको आवश्यक भएको बताउनु भयो । कानुनमा भएका दोहोरो अर्थ लाग्ने विषयलाई संशोधन गर्नुपर्ने उहाँको भनाइ छ ।