• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

प्रचण्ड सर्वोच्चमा, एमालेमा गएका जनप्रतिनिधिलाई पदमुक्त गराउन माग



काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई निर्वाचन आयोगले पदमुक्त गरेपछि पुनर्वहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश खारेज गर्ने माग गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।

सर्वोच्चले अन्तरिम आदेशमार्फत कामकाज गर्न नरोक्नु भनेपछि त्यस्तो आदेश खारेजीको माग गर्दै अध्यक्ष प्रचण्डले गत असारमा रिट दायर गरेका थिए । सो रिटमाथि अहिले पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको पूर्णइजलासमा उहाँको रिटमाथि सुनुवाइहुँदैछ । गत साउन ७ गते नै प्रचण्डले रिट लिएर अदालत गए पनि दुईपटक साप्ताहिक पेसी सूचीबाट हटेको थियो ।