२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड सर्वोच्चमा, एमालेमा गएका जनप्रतिनिधिलाई पदमुक्त गराउन माग



अ+ अ-

काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई निर्वाचन आयोगले पदमुक्त गरेपछि पुनर्वहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश खारेज गर्ने माग गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।

सर्वोच्चले अन्तरिम आदेशमार्फत कामकाज गर्न नरोक्नु भनेपछि त्यस्तो आदेश खारेजीको माग गर्दै अध्यक्ष प्रचण्डले गत असारमा रिट दायर गरेका थिए । सो रिटमाथि अहिले पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको पूर्णइजलासमा उहाँको रिटमाथि सुनुवाइहुँदैछ । गत साउन ७ गते नै प्रचण्डले रिट लिएर अदालत गए पनि दुईपटक साप्ताहिक पेसी सूचीबाट हटेको थियो ।