१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

ज्ञानेन्द्र शाहको गतिविधिहरुबारे परिवर्तनकारी दलहरु गम्भिरतापूर्वक उभिन सकेनन्ः सिटौला

ज्ञानेन्द्र शाहको गतिविधिहरुबारे परिवर्तनकारी दलहरु गम्भिरतापूर्वक उभिन सकेनन्ः सिटौला
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको गम्भिर र निर्मम समिक्षा गर्ने भएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान जारी भइसकेपछि संसद्का प्रायः सबै पार्टीहरुले सरकारको नेतृत्व गरेको भएपनि अपेक्षाकृत उपलब्धी दिन नसकेको बताउनु भयो । उहाँले संविधानले प्रत्याभुत गरेको जनताको हक र अधिकार दिन सकियो कि सकिएन यसको समिक्षा गर्न अब विलम्व गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान जारी भइसकेपछि यहाँसम्म आइपुग्दा हामी सबैले जसरि भएपनि सरकारको नेतृत्व गरेकै छौं । यो संविधानको कार्यान्वयनबाट हामीले जनतालाई के कति उपलब्धि दिनसक्यौं? संविधानले ल्याएका संरचना र यसको भावको समिक्षा गर्ने बेला आएको छ । हामीले संविधानलाई जनताको हितमा प्रयोग गरेका छौं कि छैनौं ? हामीले नयाँ संविधानबाट जनताको स्वास्थ्यमा जनताको शिक्षामा हामीले जनताको अधिकार प्रचलनमा ल्याउन सकेका छौं कि छैनौं ?यसको गम्भिर र निर्मम समिक्षा गर्ने बेला भएको छ ।’

फरक प्रसंगमा बोल्दै सिटौलालले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिहरुबारे परिवर्तनकारी दलहरुले गम्भिरतापूर्वक ध्यान दिन नसकेको समेत बताउनु भयो । उहाँले पूर्वराजा शाहले पनि स्पष्टरुपमा जनतासामु आफू पनि राजनीतिको मैदानमा आएको भन्नुपर्ने बताउनु भयो । उहाँले पूर्वराजा शाहले समेत राजनीतिक दलहरुजस्तै जनतासामु नीति तथा कार्यक्रम पेस गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संविधान मान्ने र परिवर्तनको पक्षमा रहेका दलहरु समेत एकजुट भएर उभिने बेला आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँले जनतासामु म अब राजनीतिक खेलाडीको रुपमा मैदान आए भन्न सक्नुपर्छ । उहाँले मेरो नीति तथा कार्यक्रम यो हो भनेर भन्न सक्नुपर्छ । तर राजा आउँछ है भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने जुन काम भएको छ त्यसमा हामी परिवर्तनकारी दलहरुको जुन मौनता त भन्दिन तर तर जुन किसिमको दृढता हुनुपर्ने थियो त्यो म देखिरहेको छैन । परिवर्शत र संविधानको मुलभूत विषयमो पक्षमा रहेका सबै राजनीतिक दलहरु एकपटक फेरि एकतावद्ध भएर उभिने बेला हो ।’

राज्य सञ्चालन त्रुटी अथवा संविधानको त्रुटी पहिचान गरी जनताको आवश्यक सुधारको लागि हामी सबै तयार हुनुपर्ने उहाँको भनाइ छ ।