१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राष्ट्रियसभामा काँग्रेस सचेतक घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको विरोध

राष्ट्रियसभामा काँग्रेस सचेतक घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको विरोध
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको राष्ट्रिय भामा समेत विरोध भएको छ ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै सत्तारुढ दल नेकपा एमाले सांसद रुक्मिणी कोईरालाले उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताउनुभएको हो ।

नेपाली समाजको मूल्य,मान्यताविपरित गरिमामय सदनमा यति निष्कृष्ट धारणा धारणा राख्ने अधिकार उहाँलाई कस्ले दियो ? भन्दै सांसद कोईरालाले प्रश्न समेत गर्नुभयो । उहाँले त्यस्तो अभिव्यक्तिले समाजमा पर्ने असरको समेत हेक्का नराखि अभिव्यक्ति दिएका सांसद घिमिरेले माफीमाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजो प्रतिनिधि सभामा एकजना माननीयज्युले बोल्नेक्रममा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्नेजस्तो घोर आपत्तिजनक विषय राख्नुभएको छ । नेपाली समाजको मुल्यमान्यताविपरित गरिमामय सदनमा यति निष्कृष्ट धारणा धारणा राख्ने अधिकार उहाँलाई कस्ले दियो रु समाजमा पर्ने असरलाई उहाँले अलिकति पनि हेक्का नराखि गलत भाष्य स्थापित गर्न खोज्ने माननीयले अविलम्व माफी माग्नुपर्छ । ’

नेकपा (माओवादी केन्द्र) की सांसद रेनु चन्दले स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्राको पदोन्नति किन भएन ? प्रश्न गर्नुभयो । उहाँले मधेसी महिला भएकै कारणले मिश्राको पदोन्नति नगरिएको कारण स्वास्थ्यमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा। संगीता कौशल मिश्राको पदोन्नति किन भएन ?मधेशी भएको कारणले कि मधेसी महिला भएको कारणले?यो विषयमा सम्बन्धित मन्त्रीले सदनमा जवाफ दिओस् भन्ने म माग राख्न राख्न चाहन्छु । नेपाल सरकारका मन्त्रीहरु कहिले कर्मचारीलाई शुन्य नम्बर दिएर र कहिले पदोन्नति रोकेर के गर्न खोजिराख्नु भएको छ?यसको जवाफ पनि उहाँहरुले दिनुप¥यो ।’

उहाँले सरकार कहिले कर्मचारीलाई शून्य नम्बर दिएर त कहिले पदोन्नति रोकेर के गर्न खोजिरहेको हो भनेर समेत प्रश्न गर्नुभएको छ ।