१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

श्रमिकहरुको अवस्था बुझेर सम्झौता अनुसारकै सेवासुविधा दिलाउन सांसद अर्यालको माग

श्रमिकहरुको अवस्था बुझेर सम्झौता अनुसारकै सेवासुविधा दिलाउन सांसद अर्यालको माग
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोरप्रसाद अर्यालले श्रमिकहरुको अवस्था बुझेर सम्झौताअनुसारकै सेवासुविधा दिलाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अर्यालले श्रमिकहरुको अवस्था बुझेर सम्झौताअनुसारकै सेवासुविधा दिलाउन र श्रमिकलाई दुःख दिने म्यानपावरलाई कारबाहीको दायरामा ल्याउन श्रम मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने‘ हालै यूएई र मलेसियाका सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरुले सम्झौताअनुसार पारिश्रमिक, बिदा र औषधि उपचार नपाएको गुनासो हामीमाझ गर्नुभएको छ। यता म्यानपावरले मोटो रकम असुल्ने र भनेजस्तो काम नदिएको गुनासो गर्दा श्रमिकलाई थर्काउने, धम्क्याउने गरेको उनिहरु बताउछन् । त्यसैले नेपाली श्रमिकहरुको अवस्था बुझेर सम्झौताअनुसारकै सेवासुविधा दिलाउन र श्रमिकलाई दुःख दिने म्यानपावरलाई कारबाहीको दायरामा ल्याउन म सभामुखज्यु मार्फत् श्रम मन्त्रालयको ध्यानाकर्षण गराउँछु ।’

साथै सांसद अर्यालले विदेशमा नेपालीहरूले पसिना बगाएर पठाएको रेमिट्यान्सले अर्थतन्त्रलाई टेको दिएको तर, उनीहरूको पीडा भने सरकारले बुझ्न नसकेको पनि गुनासो गरे ।

उनले भने ‘विदेशमा नेपालीहरूले पसिना बगाएर पठाएको रेमिट्यान्सले हाम्रो अर्थतन्त्रलाई टेको दिएको विदितै छ। तर, उनीहरूको पीडा भने हामीले बुझ्न सकेका छैनौँ। दैनिकजसो मेरो सचिवालयमा अलपत्र परेको, ठगिएको, समस्या राख्दा दूतावास र वैदेशिक रोजगार विभागले बेवास्ता गरेको गुनासा आउने गरेका छन् ।’

साथै सांसद अर्यालले कञ्चनपुरको लालझाडी ३ का झण्डै डेढ लाख जनसंख्या दोदा नदीमा आउने बाढीको उच्च जोखिममा रहेको जनाउँदै बर्खायाम नजिकिएकाले जतिसक्दो चाँडो सो नदीमा तटबन्ध गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।