१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो

निर्घात कुटपिट गरेर गाईलाई नदी तार्न खोज्नेहरूको खोजी गर्दै प्रहरी

निर्घात कुटपिट गरेर गाईलाई नदी तार्न खोज्नेहरूको खोजी गर्दै प्रहरी
अ अ+ अ-

काठमाडौँ । गाईमाथि ढुंगा र लठ्ठीले हानेर नदि तार्न खोज्नेहरुको प्रहरीले खोजी थालेको छ ।

बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्री गाउँका स्थानीयले परम्पराका नाममा एउटा गाईमाथि ढुंगा र लठ्ठीले हान्दै नदी पार गराउन खोजेका थिए ।

बाजुराका प्रहरी प्रमुख डिएसपी दिलीपकुमार गिरीका अनुसार गाईलाई निर्मम रूपमा कुटपिट गर्दै कर्णाली नदी पार गराउन खोज्ने समूहको पहिचान भइसकेको छ भने खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

घटनास्थल प्रहरी कार्यालयदेखि झन्डै पाँच घन्टाको दुरीमा रहेको हुँदा प्रहरी पुग्न केही समय लाग्न सक्ने बताइएको छ ।

परम्परा अनुसार गाईलाई जति प्रयास गर्दा पनि दनदी पार गराउन नसकेपछि स्थानीय फर्किएर घर आएको केहीबेरमै गाई पनि बेलुकी घर फर्किएर आएको थियो ।

मलामी एक–डेढ सयको संख्यामा मलामी गएपनि गाईलाई ढुंगाले हान्नेहरू आठदेखि नौ जना रहेका र तीमध्ये चार पाँच जना पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

एक स्थानीयको मृत्यु लगत्तै अघिल्लो दिन मात्रै कालीकोटबाट दान गर्नका लागि गाई खोजेर ल्याइएको थियो । स्थानीय चौकीबाट आएका प्रहरीले गाईको फोटो खिचेर लगेको र गाई सकुशल रहेको बताएका छन् ।