२९ श्रावण २०८३, शुक्रबार
,
Latest
किशोर श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश कास्कीको मोदी खोलाको बाढीमा फसेका तीन जनाको रोप रेस्क्युबाट सकुशल उद्धार ग्यास अभावका बेला होटललाई आवश्यकताभन्दा बढी मौज्दात नराख्न विभागको निर्देशन सामाजिक सञ्जालको दुरुपयोग बढ्यो, एक वर्षमा २० हजारभन्दा बढी साइबर अपराधका निवेदन नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरूको विशेष अफर अर्घाखाँचीमा बाख्रामा पिपीआर सङ्क्रमण मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउन आवश्यकः अध्यक्ष पाण्डे स्याङ्जाको अरौदीखोलाले मोटरसाइकलसहित युवक बगायो, खोजी जारी अविरल वर्षा र बाढीका कारण कास्कीको वीरेठाँटी क्षेत्रमा ठूलो क्षति, सडक र पुल बगायो (तस्बिरसहित) बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्छः सांसद सुवाल



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो ।

उहाँले बिलबिना उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएको कारण अनिवार्य बिल दिनुपर्ने व्यवस्था गर्न समेत माग गर्नुभयो । उहाँले मुलुकमा सन्तुलित विकास नहुँदा गाउँको बस्ती प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहको बताउनु भयो । उहाँले जिल्लाभित्र मात्र बसार्इंसराई गर्न पाउने कानून बनाउन जरुरी रहेको समेत बताउनु भयो । उहाँले मोबाइल लगायतका प्राविधिक उपकरणहरु देशभित्रै उत्पादन गर्ने प्रबन्ध मिलाउनका लागि नयाँ पुस्तालाई उचित शिक्षा दिनुपर्ने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बिना बिल उपभोत्ता अदालतमा उजुरी दिन नपाइने हुँदा अनिवार्य बिल लिने दिने व्यवस्थामा सरकारको पहल हुनु जरुरी छ । उपभोक्ताको मुद्दा सरकारले सित्तैमा लडिदिनु आवश्यक छ । गाउँगाउँमा सडक पुग्यो, हातहातमा मोबाइल तर सन्तुलित विकास नहुँदा गाउँका बस्ति प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहेको छ । नेपालमा मोबाइल मर्मत हुने हुदैन । बसाई सराई जिल्लाभित्र मात्र हुन पाउने कानून बनाएर देशको सन्तुलित विकास गर्न र मोबाइल लगायत आईटी उपकरण नेपालमै निर्माण गर्नको लागि नयाँ पुस्तालाई शिक्षा प्रदान गर्नु जरुरी छ । जनताका प्रतिनिधि र सरकारका अधिकारीहरु आफ्नो आफ्नो जिल्लामा बसेर देशको सन्तुलित विकास गर्न जरुरी छ ।’

जनता प्रतिनिधि एवं सरकारका अधिकारीहरु आ—आफ्नो जिल्लामा बसेर देशको सन्तुलित विकासमा टेवा पुगाउन जरुरी रहेको उहाँको भनाइ छ ।