१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

नेपाल बारको आन्दोलन निरन्तर जारी

नेपाल बारको आन्दोलन निरन्तर जारी
अ अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले आज पनि बिरोध प्रदर्शन गरेका छन् । बिहीवार सर्वोच्च अदालत बार परिसरमा नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन, विशेष अदालत बार एशोसिएशन लगायतका पदाधिकारी तथा कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय सम्पादनका साथै कर्मचारीहरुको वृत्ति विकासमा, न्यायाधीशहरुको सरुवाका कामहरु रोकिएको बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराले राजीनामा दिएसँगै न्यायपालिकामा बारले बुझाएको प्रतिवेदनअनुसार काम गर्ने बाटो खुल्ने बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘न्यायपालिकाको सुधारको लागि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको कारणले गर्दा न्यायपालिकाको न्याय सम्पादन, न्याय प्रशासनमा, न्याय आयोगबाट कर्मचारीहरुको वृत्ति विकासमा, न्यायाधीशहरुको सरुवाका कामहरु रोकिएका छन् । उहाँको राजीनामा नआएकोले सम्पूर्ण कामहरु ठप्प भइरहेकोले निकास दिनको लागि उहाँको बहिर्गमन आवश्यक छ । त्यो दिलाउनको लागि हामीले जुन आन्दोलन उठाएका थियौँ, उहाँको राजीनामाको साथै जुन दिन उहाँले राजीनामा दिनुहुन्छ त्यो दिनबाट न्यायपालिकाको सुधारका लागि हामीले जो प्रतिवद्धता गरिरहेका थियौँ । त्यो प्रतिवेदन कार्यान्वयनका लागि बाटो खुल्छ । त्यो बाटो बन्द गर्नुभनेको सेवाग्राहीहरुलाई न्याय  नदिनको लागि न्याय किनबेच गराइराख्नको लागि रहेको हुन्छ । त्यो अवस्था बारले चाहँदैन ।’

त्यस्तै विशेष अदालत बार एशोसिएनका अध्यक्ष तथा अधिवक्ता चुडामणि पौडेलले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा केही जिल्लाहरुमा जबरालाई देखाएर आफ्नो स्वार्थपूर्ति गर्न थालेको बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म नेपाल बारले यो आन्दोलनलाई सशक्त बनाउँदै जाने बताउनु भयो ।

अध्यक्ष पौडेलले भन्नुभयो, ‘चोलेन्द्र समशेरको कारणले, नालायकीपनको कारणले, अहिले कही जिल्लामा न्यायाधीशहरुले चोलेन्द्र समशेरलाई देखाएर आफ्नो स्वार्थपूर्ति गर्न थालेको कुरा आज छाताहरुमा आइरहेको छ । चोलेन्द्र समशेरको भ्रष्टाचारीपनलाई साइडमा राखेर न्यायपालिका प्रति दुःशाहस राख्ने र कुचेष्टा राख्ने प्रयत्न यदी कसैबाट हुन्छ भने त्यसको नेपाल बार एशोसिएशन जोडदार बिरोध गर्दै यो आन्दोलनलाई अझै सशक्त बनाउने प्रण गर्दछ । हामी आन्दोलन निरन्तर रुपमा अघि बढाइरहेका छौँ । जबसम्म न्यायपालिकाको शुद्धिकरणको अभियानमा बाधककोरुपमा देखिनुभएका प्रधानन्यायाधीशले राजीनामा दिनुहुने छैन । त्यो दिनसम्म आन्दोलनको यो स्वरुपलाई हामीले निरन्तर अघि बढाउने छौँ । नेपाल बारले उठाएको न्यायको आन्दोलन आम न्यायप्रेमी जनताको आन्दोलन र आम सेवाग्राहीहरुको पक्षमा भएको यो आन्दोलनलाई अन्तिम निस्कर्षमा पु¥याएपछि मात्रै नेपाल बारले विश्राम लिनेछ । यो हाम्रो प्रतिवद्धता हो ।’

अध्यक्ष पौडेलले नेपाल बारले उठाएको यो आन्दोलन न्याय, आम न्यायप्रेमी जनता र आम सेवाग्राहीहरुको पक्षमा भएकोले यो आन्दोलनलाई अन्तिम निस्कर्षमा पु¥याएपछि मात्रै नेपाल बारले विश्राम लिने बताउनु भयो । कोरोना महामारीको अवस्थालाई मध्यनजर गरी कानून व्यावसायीहरुले २५ जना मात्रै भेला भएर सो आन्दोलन जारी राखेका हुन् ।