२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद सिंहको प्रश्नः यौन व्यवसायको लागि कोठी र वेश्यालय सरकारले नै चलाउने दिन आएको त होइन?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्याउन सकिने काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेको अभिव्यक्तिको बिरोध गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सिंहले बिरोध जनाउनुभएको हो ।

आईतवारको सभाको बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्यान सकिने बताउनुभएको थियो । उहाँले सबैभन्दा बढी पर्यटक मनोरञ्जन क्षेत्रको हुने भन्दै देशको आर्थिक विकासका लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राख्नुभएको थियो । सांसद सिंहले यौन व्यवसायको लागि कोठी र वेश्यालय सरकारले नै चलाउने दिन आएको त होइन? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हजारौं युवाहरुले रोजगारी र शिक्षाको लागि देश छोडिसकेका छन् । अब सिमित कलिला युवा आमा छोराछोरी मात्र बाँकी छन् । देशको आर्थिक विकासको लागि पर्यटन भित्र्याउन त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनको लागि यौन व्यवसाय, यौन प्रमिट सरकारले दिनुपर्छ भन्नुभएको छ सरकारकै एक माननीयज्युले । यो व्यवसायको लागि कोठी र वेश्यालय सरकारले नै चलाउने दिएको त आएको त होइन ? यही दिनको लागि गणतन्त्र ल्याएको हो ?’

उहाँले नेपाल देश देवी पूजनको भूमि भएको भन्दै यस्ता उश्रृंखल अभिव्यक्ति नदिन समेत आग्रह गर्नुभयो ।