१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा उठाइने, साढे ३ सयलाई निम्तो

सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा उठाइने, साढे ३ सयलाई निम्तो
अ अ+ अ-

काठमाडौँ । ‘सगरमाथा संवाद’ मा विभिन्न देशका ३ सय ५० भन्दा बढीलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन करिब दुई महिना बढीको समय बाँकी रहँदा आईतवार सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो ।

आगामी वर्ष २०८२ को जेठ २—४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम हुँदैछ । परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न ३ सय ५० भन्दा बढी देशका सरकार प्रमुखहरुलाई निम्तो पठाइने बताउनु भयो । सरकारले निम्तो पठाइएकामध्ये डेढ सय भन्दा बढी देशका राष्ट्र प्रमुखहरु सहभागी हुने अपेक्षा गरेको बताउनु भयो । निम्तो दिनका लागि विदेशस्थित नेपाली राजदुतावास र नेपालमा रहेका सम्बन्धित मुलुकका राजदुतावासलाई प्रयोग गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘साढे ३ सय जनाको हाम्रो आँकलन छ । नेपाली र विदेशीहरु गरेर । १५० देखि १७५ जनासम्मले उपस्थिति जनाउने विश्वास छ ।’

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमालको मुद्दाको नेतृत्व नेपालले लिनेगरी सगरमाथा संवादलाई अघि बढाएको बताउनु भयो । जलवायु परिर्वतनबाट भएको हानी तथा नोक्शानीबारे आवाज उठाइरहेको बताउनु भयो । उहाँले वातावरण विनाशको क्षयिकरण नेपालले भोगिरहेको र यसबाट बच्नका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत आवाज उठाइरहेको भन्दै सगरमाथा संवादलाई प्रभावकारी बनाउने गरी सरकार अघि बढिरहेको बताउनु भयो । उहाँले यस वर्षको सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा राखिएको बताउनु भयो । भविष्यमा मुद्दा आवश्यकताअनुसार परिवर्तन गर्दै लैजाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो वास्तवमा हामीले नेतृत्व गर्नै खोजेको हो । लस एण्ड ड्यामेज र आफ्नो अधिकार जुन हामीले वातावरण विनाशको क्षयिकरण भोगिरहेका छौँ, यसबाट बच्नका लागि अन्तर्राष्ट्रिय मञ्चमा भनेका छौँ । नीति तथा कार्यक्रममा पनि फोकसका साथ यसलाई अगाडि बढाउनेछौँ । हामी बढी प्रभावित भएको हुनाले यो एजेण्डा हामीले समातेर अघि बढ्नुपर्छ भन्ने हिसावले हामीले लिएका छौँ । यस वर्ष हामीले क्लाइमेट चेन्जको इस्यस लियौँ । अर्को वर्ष अरु अरु थिममा हामी जानेछौँ ।’

मुख्यसचिव अर्यालले सगरमाथा संवादलाई सरकारले उच्च महत्वका साथ अघि बढाएको बताउनु भयो । समयमै सम्पन्न गर्नेकुरामा पनि सरकार प्रतिवद्ध रहेको बताउनु भयो । बढी भन्दा बढी प्रभावकारी बनाउनेगरी सरकार अघि बढिरहेको बताउनु भयो । सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षणका विषयमा तत्काल गर्नुपर्ने कामबारे छलफल हुनेछ । पहिलो दिन नै टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्नेबारे संवाद हुनेछ । खाद्य सुरक्षा तथा कृषि पुनरोत्थान, पहाडी क्षेत्रमा समुदायद्वारा प्रवद्र्धन गरिने क्रियाकलापबारे पनि छलफल गरिनेछ ।

सगरमाथा संवादको दोस्रो दिन जलवायुजन्य प्रकोपः जोखिम न्युनिकरण र पुनरोत्थानबारे छलफल हुनेछ । हिमालको जोखिमका लागि भएका अनुगमन र यसको उपलब्धि, हिमालमा भएका क्षतिलाई न्युनिकरण गर्दा भएका प्रयासबारे छलफल हुने जानकारी दिनुभयो । सगरमाथा संवादको तेस्रो दिन संवादमा सहभागी हुन आएका पाहुनालाई हवाइफ्लाइटमार्फत सगरमाथा क्षेत्र अवलोकन गर्न लगिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।