४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday

13.27°C

काठमाडौं

13.27°C

Kathmandu

Feels-like: 12.51

Wind: 2.06

Humidity: 71

तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैनः प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तस्बिर जलाउँदैमा पक्राउ गर्न नहुने बताएका छन् ।

अध्यक्ष दाहालले लोकतन्त्रमा विरोधका विभिन्न रुप हुने भन्दै फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका हुन् ।

स्वयं प्रचण्डको तस्बिर जलाउने राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँतालाई प्रहरीले पक्राउ गरेको थियो ।

राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा हिजो(शनिबार) उनले प्रचण्डको तस्बिर जलाएका थिए ।

उनी पक्राउ परेपछि अध्यक्ष दाहालको यस्तो प्रतिक्रिया आएको हो । अध्यक्ष दाहालले फेसबुकमा भनेका छन्– लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।