४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday

13.27°C

काठमाडौं

13.27°C

Kathmandu

Feels-like: 12.51

Wind: 2.06

Humidity: 71

तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट चार विधेयक प्रमाणीकरण



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयहरू राष्ट्रपतिबाट आइतबार प्रमाणीकरण गरिएको हो ।

प्रमाणीकरण गरिएका विधेयकहरूमा सुरक्षित कारोबार ऐनलाई संशोधन गर्ने बनेको विधेयक, ई–कमर्ससम्बन्धी विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनको संशोधित विधेयक रहेका छन् ।