३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

13.27°C

काठमाडौं

13.27°C

Kathmandu

Feels-like: 12.51

Wind: 1.54

Humidity: 71

Latest
सगरमाथा संवादमा १६ विषयका सत्रमा छलफल हुने ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन समय दुई वर्ष थप निजामति कर्मचारी अस्पताललाई ऐनबाट सञ्चालन गरिनुपर्ने एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान रायसिना डायलग २०२५ का लागि विश्व नेताहरू दिल्लीमा आर्सनलले चेल्सीलाई हरायो ट्रम्पसँग सम्झौता गर्दा युरोपमा गठबन्धन खोज्दै क्यानाडाका प्रधानमन्त्री कार्नी राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा केन्द्रीय समितिको बैठक आह्वान बिआरआई कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक: पूर्वप्रधानमन्त्री खनाल मिल्स गोल्ड कप फुटबल प्रतियोगितामा फ्युजन फुटबल क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, सामाजिक कथामा हरर र थ्रिलको मिश्रण



अ+ अ-

काठमाडौं । चैत १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंको नयाँ बानेश्वरस्थित आइएनआइ सिनेमाजमा आयोजित एक समारोहका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।

समारोहमा  लेखक, निर्देशक तथा प्रमुख कलाकार अरुण लामा, अभिनेत्री अञ्जना बराइली, अभिनेताहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, साजन श्रेष्ठ, बिरेन्द्र सिंह कुशवाहा, राज पौडेल, राज थापा, नूतन, शारदा अधिकारी, रामबाबु रेग्मी, सङ्गीतकार तथा गायक राजनराज शिवाकोटी लगायतको उपस्थिति थियो भने प्राविधिकहरूको पनि उपस्थिति थियो ।

प्राय: सबै पात्रहरूलाई प्रस्तुत गरिएको ट्रेलर चलचित्रको शीर्षक वरपर घुमेको छ । यसमा डोरीलाई शक्ति रहेको स्थितिमा सबैले खोजी गरिरहेको देखाइएको छ । सोही क्रममा आइपर्ने घटनाक्रमहरू प्रमुख रूपमा उठान गरिएको छ भने पारिवारिक तथा सामाजिक व्यवधानहरू समेत ट्रेलरमा देखिन्छ ।

ट्रेलरमा केही थ्रिल तथा हरर दृश्यहरू समेटिएका छन् । निर्देशक अरुण लामाले थ्रिल र हररलाई ‘दाल भात तरकारीमा चटनी प्रयोग गरेर स्वादिलो बनाएको जस्तो’ तरिकाले राखिएको बताए । उनले थपे, ‘यो कथा पूर्णतया सामाजिक हो र कहीँ न कहीँ सबैको जीवनसँग मेल खान्छ ।” यसअघि ‘डोरी’का पोस्टरहरू सार्वजनिक गरिएको थियो, जसले चलचित्र थ्रिलर तथा हरर श्रेणीको हुनसक्ने सङ्केत दिइएको थियो । तर, यसको गीत ‘चुच्चे ढुङ्गो’मा भने अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको थियो ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, बिरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको पनि प्रमुख भूमिका रहेको छ ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।