१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

‘देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्’

‘देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्’
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकको सीमा मिचिँदा कोही राष्ट्रवादी नबोलेकामा चिन्ता व्यक्त गर्नुभएको छ । 

आफ्नो फेसबुक पेजमा उहाँले आमा जस्तो देश लुटिँदा आफू पीडाले आहत बनेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्, आन्तरिक कुरा हुने हो भने बवाल गर्दछन् ।देश भनेको आमा हुन्, आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ क्यारे, त्यसैले पीडाले आहत म आफैँलाई पनि श्रध्दान्जलि बाहेक म के भन्न सक्छु र ”

उहाँको सो नोटिफिकेसनमा पनि धेरैले टिप्पणी गरेका छन् । टिप्पणीकर्ता मोहन शाहले लेखेका छन, “चन्द्र दाई, यसरी आफैँलाई चुपचापसँग पीडा सहेर कहिलेसम्म मौन राख्ने ? पार्टीभित्र आवाज उठाउनु पर्यो कि त त्यहाँ भित्रका तपाईं जस्तै राष्ट्रवादीहरु मिलेर एउटा देश र आम जनताले खोजेको जस्तो शक्तिको निर्माण गर्नुपर्यो , आम जनताहरू त्यस्तै एउटा शक्तिको उदयका लागि प्रतीक्षारत छन् । जय देश ।।”

त्यस्तै भीमनाथ शर्मा लेख्छन, “त्यो त राजा नरहे देश रहन्न भनि विपिले भनेकै छन। बिस्तारै बिस्तारै उत्तर र दक्षिणबाट घटदैहोला। अनी नेपाल भूमिलाई Zone of Tormoil यानी अन्तर्राष्ट्रीय लडाई पर्न सक्ने क्षेत्र भनेर पनि बिपीले भनेकै हुन्। यता मृत झैं हामी उपर बिदेशी गिद्धे नजर (एम सि सी) पनि छँदैछ। आगे प्रभु ईच्छा।”

“कांग्रेसले सधै डिफेन्सीब राजनीति मात्र गरिरहनु पर्ने हो र ? कम्युनिस्टहरूले जे जस्तो प्रोपोगण्डा गर्दा पनि कांग्रेसलाई नै दोष आउने, अब सोचौँ डिफेन्सीफ राजनीति होइन अफेन्सीफ राजनीति शुरू गरे मात्र कांग्रेसमा उर्जा आउछ कि ? दाइ”, रवीन्द्र शर्मा लेख्छन् ।

भारत र नेपालबीच पश्चिम महाकालीको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर विवाद कायम छ । नेपाली ती भूभाग भारतले मिचेर आफ्नो क्षेत्रमा गाभेको छ । नेपालले त्यसको विरोध गर्दै प्रमाणसहित ती भूभागलाई आफ्नो नक्सामा कायम गरेको छ । 

अहिले भारतले तिनै क्षेत्रमा संरचना बनाउँदै गरेको बेला नेता भण्डारीको उक्त टिप्पणी आएको छ । नेकपा एमालेले ती भूभागमा भारतले संरचना बनाएकामा आपत्ति प्रकट गरिसकेको अवस्थामा गठबन्धन सरकारबाट कुनै प्रतिक्रिया नआएकामा नेता भण्डारीले चिन्ता व्यक्त गर्नुभएको हो । विशेषगरी आफ्नै पार्टी नेपाली कांग्रेसबाट कुनै भनाइ नआएकामा उहाँले चिन्ता व्यक्त गर्नुभएको हुनसक्छ ।