१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएका कारण राजावादीहरु व्यवस्थाविरुद्धमा लागेः सांसद सुवेदी

सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएका कारण राजावादीहरु व्यवस्थाविरुद्धमा लागेः सांसद सुवेदी
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले सरकारका प्रधानमन्त्री तथा मन्त्रहरु असफलसिद्ध भइसकेको टिप्पणी गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवेदीले सरकार आफैंले गरेको मूल्याङ्कनमा फेल भएको टिप्पणी गर्नुभएको हो ।

उहाँले सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको आरोप समेत लगाउनु भयो । उहाँले सरकार विद्युत प्राधिकरणको कर्मचारीको पछिपछि दोडिरहेको र केबलकार निर्माणका विषयमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानव अधिकारको धज्जि उडाइरहेको तथा व्यापारीको पक्षपोषण गरिरहेको आरोप लगाउनु भयो । उहाँले सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरुमा छानविन नगरि सत्ताको चरम दुरुपयोग गरिएको बताउनु भयो । आफ्नालाई छानि छानि जोगाउन र विपक्षीलाई तानितानि फसाउने सरकारको हर्कतका कारण नागरिकहरुमा निराशा छाएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘रातारात गठन गरेर मुलुकलाई रामराज्य बनाउन लागेको सरकार आफैंले गरेको मूल्याङ्कनमा फेल भएको छ । प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरु असफलसिद्ध भएका छन् । सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको छ । विद्युत प्राधिकरणको कर्मचारीको पछिपछि दौडिरहेको छ । ताप्लेजुङको मुकुम्लुङमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानव अधिकारको धज्जि उडाएको छ र व्यापारिको पक्षपोषणमा उद्दत भइरहेको छ । आन्दोलनरत पक्षसँग छलफल गरि समस्या समाधान गर्न लागिरहेको छैन । सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरुमा कुनै छानविन हुदैन । सहकारी ठगी र मानव बेचबिखनमा जोडिएको सर्लङ्ग हुँदाहुँदैपनि अनुसन्धान गरिदैन । सत्ताको दुरुपयोग गरि जोगाइन्छ । आफ्नालाई छानि छानि जोगाउन र विपक्षीलाई तानि तानि फसाउने हर्कतका कारण नागरिकहरुमा निराशा छाएको छ ।’

उहाँले सरकारले उत्पन्न गरेको निराशामै टेकेर राजावादीहरु व्यवस्थाको विरुद्धमा लागेका आरोप लगाउनु भयो ।