५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिस्थापन विधेयकमार्फत सरकारले नीतिगत र कानूनी सुधार गर्न खोजेको छः प्रमुख सचेतक घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले अध्यादेशका प्रतिस्थापन विधेयकमा सरकारले नीतिगत र कानूनी सुधार गर्न खोजेको दाबी गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले अध्यादेशका प्रतिस्थापन विधेयकमार्फत कार्यान्वयनगत सुधार ल्याउन खोजेको बताउनु भयो । उहाँले विधेयकहरुमा अझैपनि सुधार गर्न जरुरी रहेको भएपनि प्रतिपक्षी दलले नबुझि विरोध गर्न खोजेको आरोप लगाउनु भयो । उहाँले विधेयकको प्रक्रियामा विरोध हो कि कन्टेन्टको विषयवस्तुमै विरोध हो रु भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अध्यादेशका प्रतिस्थापन विधेयकमा सरकारले केही कुरा गर्न खोजेको छ । केही नीतिगत सुधार, कानूनी सुधार र कार्यान्वयनगत सुधार ल्याउन खोजेको छ । तर यो पनि पर्याप्त छैन । यतिले मात्र हाम्रो मुलुकको अर्थतन्त्र चलायमान हुनसक्ने अवस्था छैन । त्यसैले अझै थप सुधारका आवश्यकताहरु छन् । तर प्रतिपक्षी दलहरुले अलि धेरै नै विरोध भएको जस्तो देखे प्रक्रियामै विरोध हो कि कन्टेन्टको विषयवस्तुमै विरोध हो ? त्यो मैले बुझेको छैन । यसमा थप विरोध गर्नुभन्दा यसमा थप कुराहरु त्यसमा थप्न जरुरी छ ।’

उहाँले विरोधको लागि विरोध गर्नुभन्दा विधेयकमा आवश्यक सुधारका कुराहरु थप्न समेत प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभयो ।