
एजेन्सी । एलोन मस्कको कम्पनी स्पेसएक्सको अन्तरिक्षयान ड्र्यागन करिब २८ घण्टापछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको छ ।
यो अन्तरिक्ष यानले ९ महिनादेखि अन्तरिक्ष स्टेशनमा फसेका भारतीय–अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई पृथ्वीमा फर्काउनेछ ।
चार सदस्यीय क्रु–१० टोलीले शनिबार नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे स्पेसएक्सको फाल्कोन ९ रकेटबाट उडेको थियो । यो फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो ।
क्रु–१० अन्तरिक्ष स्टेशनमा पुगेपछि, क्रू–९ अन्तरिक्ष यात्री निक हेग, सुनिता विलियम्स, बुच विल्मोर र अलेक्ज्याण्डर गोर्बुनोभ ड्र्यागन अन्तरिक्ष यानमा पृथ्वीमा फर्कनेछन् ।
यी चार अन्तरिक्ष यात्रीहरू मार्च १९ पछि अन्तरिक्ष स्टेशनबाट पृथ्वीको लागि प्रस्थान गर्नेछन् ।
सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा बोइङको स्टारलाइनर अन्तरिक्षयानमा सवार भएर अन्तरिक्ष स्टेशन गएका थिए । यो ८ दिने मिसन थियो तर प्राविधिक समस्याका कारण हुन सकेन ।
अन्तरिक्ष यानलाई कुनै चालक दल बिना अन्तरिक्ष स्टेशनबाट प्रक्षेपण गरिएको थियो । अहिले यी अन्तरिक्ष यात्रीहरू त्यहाँ फसेको करिब ९ महिना भइसकेको छ ।