१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्छः मुख्यमन्त्री पोखरेल

वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्छः मुख्यमन्त्री पोखरेल
अ अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकेका अवस्थामा वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं चालु आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा आज उहाँले विकासको विशिष्ट सम्भावना बोकेको भए पनि देशको कूल ग्रार्हस्थ उत्पादनमा ८.७ प्रतिशत मात्र योगदान रहनुले प्रदेशको अवस्था कमजोर रहेको देखाएको छ भन्नुभयो । 

मुख्यमन्त्री पोखरेलले अधिकांश सामाजिक सूचक राम्रो रहेको भएपनि जिडिपिमा योगदान कम भएकाले यसमा सुधार हुनुपर्ने उल्लेख गर्दै प्रदेशले १०.२ प्रतिशतको औषत आर्थिक वृद्धिको लक्ष्य लिएको र यसका लागि रु १० खर्ब १२ अर्ब लगानी गर्नुपर्ने प्रक्षेपण गरिएको बताउनुभयो । “यसमा ६४.४ प्रतिशत निजी क्षेत्रको लगानी आउने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रमैत्री नीति तथा कार्यक्रम र कार्यशैली निर्माण गर्नु आवश्यक रहेको छ ।” 

 मुख्यमन्त्री पोखरेलले पहिलो चौमासिकमा भएको खर्च प्रगति सन्तोषजनक नरहेको बताउँदै वर्षभर कार्यान्वयन गर्ने योजना तथा कार्यक्रमको तयारी पूरा गर्ने र दोस्रो चौमासिकदेखि त्यसको प्रभावकारी कार्यान्वयन गर्ने नै हो, तर गएको पहिलो चौमासिकमा हामीले गरेको खर्च र प्राप्त गरेको भौतिक प्रगतिले आगामी दिनमा थप मेहनत गर्न नसक्ने हो भने निर्धारित कार्यक्रम सम्पन्न हुने देखिँदैन भन्नुभयो । 

उहाँले विगतमा जस्तै सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, आम नागरिक सबैले योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्दै नागरिकको जीवनमा सहजता ल्याउने, सामाजिक र आर्थिक अवस्थामा सुधार गर्ने र भौतिक सर–सुविधामा स्तरोन्नति गर्न धेरै मेहनत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेशमा नागरिकको अपेक्षा र विकासको आवश्यकता पूरा गर्नका लागि सरकार निरन्तर रुपमा लाग्दै आएको उल्लेख गर्दै स्वास्थ्य सुविधाको उचित व्यवस्था र कोभिड विरुद्धको खोपको व्यवस्थित प्रबन्धले कोरोनाको प्रभाव घट्दै गएको अवस्थामा फेरि अनायस फैलिएको तेस्रो लहरले हाम्रा आर्थिक र सामाजिक जनजीवन थप जोखिममा पर्ने सङ्केत देखिएको बताउनुभयो । 

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरी योजना तथा कार्यक्रम कार्यान्वयनको समीक्षा, प्राप्त भएका मुख्य उपलब्धि, विकासमा देखिएका अवरोधको पहिचान र त्यसका निकासका उपाय यकिन गर्न यो बैठक गरिएको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले जनताको उच्च विकास चाहना सिमित स्रोतसाधनले पूरा गर्नुपरेको अवस्थामा विश्व महामारिले सिर्जना गरेको विषम् परिस्थितिको सामना गर्दै पूर्व निर्धारित कार्यक्रम समयमा नै सम्पन्न गरेर नागरिकको जीवनलाई सहज बनाउन प्रदेश सरकार लागिरहेको बताउनुभयो । 

उहाँले नेपाल सरकार र स्थानीय तहसँग प्रभावकारी सहकार्य गर्दै विकासलाई तीव्रता दिन सरकार प्रयत्नरत रहने बताउँदै बैठकबाट आफ्नो अवस्थाको पहिचान गरी विकासमा देखिएका अवरोध हटाउन सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताउनुभयो ।