३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.56

Wind: 4.12

Humidity: 31

Latest
‘निजीकरण (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत राष्ट्रपतिबाट चार विधेयक प्रमाणीकरण गृहमन्त्री लेखकले गरे भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय यस्तो रहस्यमयी ठाउँ, जहाँ पुगेपछि अचानक गायब हुन्छन् विमान ! चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, सामाजिक कथामा हरर र थ्रिलको मिश्रण लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ सामाजिक सञ्जालमा प्रचण्ड परिवारको चरित्रहत्या गर्नेहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन नेप्से परिसूचकमा २१ अङ्कको गिरावट राजश्व उठाएर खर्च धान्न सकस पर्यो, बजेट निर्माणमा अनुशासनतर्फ फर्कन विलम्व नगरौंः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली विद्यार्थी सुप्रियाले पाइन् टोकियो सिटी युनिभर्सिटीबाट अवार्ड



अ+ अ-

काठमाडौं । टोकियो सिटी युनिभर्सिटीमा अध्ययनरत नेपाली छात्रा सुप्रिया खड्काले त्यस विश्वविद्यालयको प्रतिष्ठित “प्रेसिडेन्ट अवार्ड” प्राप्त गर्नु भएको छ ।

उहाँ सहित अरु चार जना जापानी विद्यार्थी पनि यो अवार्डबाट सम्मानित भएका थिए । विश्वविद्यालयले हालै आयोजना गरेको एक कार्यक्रममा पुरस्कृत सबै विद्यार्थीलाई अवार्ड प्रदान गरिएको थियो ।

सुप्रिया खड्काले सन् २०२४ मा अनुसन्धानात्मक लेखहरु प्रकाशन गरेवापत यो पुरस्कार प्राप्त गर्नु भएको हो । विश्वविद्यालयको मूल्याँकन समितिले कूल १३ वटा अनुसन्धानात्मक लेखहरुलाई मूल्याँकन गरी सुप्रियालाई प्रेसिडेन्ट अवार्डका लागि मनोनयन गरेको थियो ।

अवार्ड जितेपछि उहाँले एक जापानी अनलाइनलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभएको छ, “एक वर्षको अवधिमा विद्यार्थीहरुले प्रकाशन गरेका अनुसन्धानात्मक लेखहरुको मूल्याँकनका आधारमा यो पुरस्कार दिइन्छ । मेरो रिसर्च पेपरको मूल्याँकनका आधारमा विश्वविद्यालयले मलाई पुरस्कृत गरेको हो, म निकै खुसी छु ।”

सुप्रियाले तापक्रम, आद्रता, वायुप्रवाहका कारण सिर्जना हुने थर्मल वातावरण समेतका हिटिङसँग सम्बन्धित विषयमा अनुसन्धान गरेर जर्नलहरुमा लेख प्रकाशन गर्नुभएको छ ।

आफू पुरस्कृत हुनुमा परिवारको हौसला र विश्वविद्यालयका प्रोफेसरहरुबाट प्राप्त उत्प्रेरणा नै मुख्य रहेको पनि उहाँले बताउनुभयो । सुप्रिया अहिले विद्यावारिधि तहमा अध्ययनरत हुनुहुन्छ ।

जापानी विश्वविद्यालयहरुमा अहिले निकै ठूलो संख्यामा नेपाली विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।