१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्नका लागि एक हुन समाजवादी मोर्चाको आह्वान

प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्नका लागि एक हुन समाजवादी मोर्चाको आह्वान
file
अ अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्नका लागि भन्दै जनसमुदायसँग एकजुट हुन अपील गरेको छ ।

शनिवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता खड्गबहादुर विश्वकर्माले मोर्चाले सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु एकजुट भइ प्रतिगमन र प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्न जनसमुदायसँग अपिल गर्ने निर्णय गरेको बताउनुभएको हो ।

मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठकराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण जनतामा निराशा पैदा भएको आरोप लगाएको छ । उहाँले भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको बताउनु भयो । सरकार विचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रित रहेको बताउनु भयो । अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसदमा दर्ता भएका महत्पूर्ण विद्येयकहरु नियन्त्रण गरी राख्नेमा उद्धत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठकराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरु एकपछि अर्को कुण्ठित हुँदै गइरहेका छन् । राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ । नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ । सरकार विचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रीत छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ ।

अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसदमा दर्ता भएका महत्पूर्ण विद्येयकहरु नियन्त्रण गरी राख्नेमा उद्धत छ । सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्ररुपमा बढ्दै गएको छ । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखापरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मानोमानी, देश एवं जनताको हित विपरितका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनःउत्थानवादी तत्वहरु लागिपरेका छन् ।

यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु बर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ । देशको विषम् परिस्थितिमा समाजवादी मोर्चा, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षधर संसद भित्र र बाहिर भएका राजनैतिक पार्टी, नागरिक समाज, वुद्धिजिवी लगायत नेपाली समाजका सवै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुनःउत्थानवादी षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको छ ।

यसका लागि २०८१ चैत १५ गते ९शुक्रवार० का दिन काठमाण्डौमा विशाल विरोध प्रर्दशन सहितको जनसभा आयोजना गरिएको छ । यस सभामा सहभागी भइ समाजवादी मोर्चा, नेपालमा संवद्ध राजनीतिक पार्टीहरु, सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु एकजुट भइ प्रतिगमन र प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दछौँ ।’

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मानोमानी, देश एवं जनताको हित विपरितका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनःउत्थानवादी तत्वहरु लागिपरेको जिकिर गर्नुभयो ।