काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज एसईईको नतिजा सार्वजनिक गरेको छ । उक्त बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले आज एसईई परीक्षाको नतिजा सार्वजनिक गरिएको जानकारी दिए ।
यसवर्ष एसईईको परीक्षा लिन पाइएको थिएन । कोभिड–१९ को संक्रमणका कारण अन्तिम समयमा आएर परीक्षा स्थगित भएको थियो । गत ६ चैतका लागि परीक्षा निर्धारित गरिएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।
विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । आज प्रकाशित नतिजा त्यसैका आधारमा निकालिएको हो । नतिजासम्बन्धी सम्पूर्ण विवरण आउन बाँकी रहेको बोर्डले जनाएको छ ।










