२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन सुरु



अ+ अ-

काठमाडौँ। नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राष्ट्रिय महिला फुटबल टोलीकी प्रीति राईलाई आयोजकले नगद २५ हजारसहित सम्मान गरेको थियो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष भरत महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे ।

सोही अवसरमा नेपाल लोकतान्त्रिक खेल संघ, ललितपुरका अध्यक्ष पुनित गुरुङ, बुद्ध एयरका क्याप्टेन सैलेश लिम्बू, ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष गोपाल महर्जन, शोभा चोक टोल सुधार समितिका अध्यक्ष पुरन राई, सिजन श्रेष्ठ, गम्वीर महतलगायतले पनि प्रोत्साहन स्वरुप व्यक्तिगत रुपमा प्रीतिलाई नगद पुरस्कार प्रदान गरेका थिए ।

आयोजक क्लबको कभर्डहलमा चैत ४ गतेसम्म चल्ने प्रतियोगितामा ६ स्पर्धामा १ सय ३१ खेलाडी सहभागी छन् । सबै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय÷७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । पुरुष सिंगल्समा शीर्ष ८ वरीयता बाहेकका खेलाडी सहभागी छन् । यु–१७ पुरुष सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार हात पार्ने छन् । शीर्ष २० वरीयता बाहेकका खेलाडीको पुरुष डबल्समा प्रथम हुनेले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १०÷१० हजार नगद पुरस्कार जित्ने छन् ।

त्यस्तै मिक्स डबल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रोले ७ हजार ५ सय÷७ हजार ५ सय नगद पुरस्कार पाउने छन् । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३५ हजार, २० हजार र १०–१० नगद पुरस्कार प्राप्त गर्ने छन् ।