१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राजनीतिक परिवर्तनको संघारमा छः अध्यक्ष लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी नभएको बताउनु भयो ।

उहाँले वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरुले भ्रम सिर्जना गरेको आरोप लगाउनु भयो । उहाँले राजसंस्था र प्रजातन्त्र एकआपसमा परिपूरक भएको भन्दै सञ्चारमाध्यमहरुले उचित सुझाव दिएर आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबैभन्दा माथि देश छ, देशभन्दा माथि केही छैन । देश परिवर्तनको संघारमा पुगेको छ । अब यो एक दुई जना कसैले रोकेर रोकिने अवस्थामा छैन । त्यसकारण आफ्नो आस्थालाई केन्द्रमा राखेर अहिले आउनु खोजी राखेका परिवर्तनलाई जनताको भावनालाई अदेखा गर्ने र दुर्घटनातर्फ लैजाने काम हामी कसैले गर्नु हुँदैन । यो परिवर्तन रोकिनेवाला छैन । त्यसकारण हामीले त्यसका बारेमा गलत प्रचार गर्ने, समाजमा भ्रम सिर्जना गर्ने र द्वन्द्व सिर्जना गर्ने काम गर्नेभन्दा पनि समाधानका सुझावहरु दिनुपर्छ ।

अहिले कतिपय सञ्चारमाध्यममा राजसंस्था र प्रजातन्त्र एकअर्काका विरोधी हो भन्ने, एकअर्काका विकल्प हो भन्न जुन प्रचार भइराखेको छ, जनता र समाजलाई विभाजन गराउने कोशिस गरिएको छ, राजा रोज्ने कि लोकतन्त्र रोज्ने भनेर प्रश्न उठाउने गरिएको छ यस्तो गर्नु हुँदैन । नेपालमा राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने पार्टीको अध्यक्ष भएको नाताले मिडियालाई म के आग्रह गर्न चाहन्छु भने राजसंस्था एकअर्काको विकल्प र विरोधी होइनन् । राजसंस्था र प्रजातन्त्रसँगै जानसक्छ, राजा र प्रजातन्त्रसँगै जानसक्छ ।’

अध्यक्ष लिङ्देनले प्रजातन्त्रको जननी बेलायतमा पनि सयौँ वर्षदेखि राजसंस्था कायम रहेको भन्दै नेपालमा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम हुने जिकिर गर्नुभयो ।