१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

व्यापारलाई विकाससँग जोड्नुपर्छ: सचिव पोखरेल (भिडियो सहित)

व्यापारलाई विकाससँग जोड्नुपर्छ: सचिव पोखरेल (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले व्यापारलाई विकाससँग जोड्नु पर्ने बताउनु भएको छ । 

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बहुपक्षिय व्यापारमा दुई पक्षिय सम्बन्धको सन्तुलन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव पोखरेलले व्यापार विकासको माध्यम भएकोले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताउनुभएको हो । सचिव पोखरेलले अहिले विश्व अर्थतन्त्र आफैँमा आत्मनिर्भर नभएको बताउनु भयो । उहाँले अहिले विश्व अर्थतन्त्र परस्पर निर्भर रहेकाले नेपालले पनि त्यही  अनुसार बुझ्नु पर्ने बताउँदै सरकारले बहुपक्षीय व्यापारमा दुई पक्षीय सम्बन्ध सन्तुलन बनाउनको लागि आवश्यक नीति नीजि क्षेत्रसँग सहकार्य गरेर बनाइरहेको बताउनु भयो । उहाँले सरकार हेरक व्यापार तथा उद्योग नीति बनाउन नीजि क्षेत्रसँग सहकार्य गर्न तयार रहेको भन्दै नीति क्षेत्रले पनि व्यक्तिगत तथा व्यवसाय भन्दा माथि उठेर सरकारलाई सुझाव दिनु पर्ने बताउनु भयो । सरकारले अहिले आयात गर्न  बन्देज लगाएका सामानहरु आवश्यकता हेरेर आयातको लागि निर्णय गर्ने बताउनु भयो । उहाँले व्यापारलाई विकासको माध्यम बनाउन विकाससँग नजोड्ने किसिमले हेर्दा व्यापारको विस्तारको गन्तव्यमा नपुग्ने बताउनु भयो ।

सचिव पोखरेलले भन्नु भयो,‘पछिल्लो समय विश्वको अर्थतन्त्र आफैँमा आत्मानिर्भर छैन। पर निर्भर पनि छैन । परस्पर निर्भर विश्वको अर्थतन्त्र रहेको छ । नेपालले यो कुरा बुझ्न जरुरी छ। अहिले हामी हेरक कुरा सबै गर्ने सोच बनाएका हुन्छौं । सबै कुरा गछौं भन्नु केही नगर्नू हो । व्यापारलाई अब विकासको माध्ययबाट हेर्नुपर्छ । यदि व्यापारलाई विकाससँग नजोड्ने छुटै किसिमले हेरियो भने हामी गन्तव्यमा पुग्न सक्दैनौं  । पछिल्लो अवधिमा सरकारले हरेक नीति बनाउँदा नीजि क्षेत्रसँग छलफल, विचार संवाद गर्ने गरेका छौं । नीजि क्षेत्रसँग छलफल नगरि कुनै पनि कार्यक्रममा सरकार सहभागि भएको छैन । व्यापार,उद्योग क्षेत्रसँगका सरोकारवाला निकायहरुको विचार लिएर मात्रै सरकार अगाडि बढ्छ । तर, व्यवसायीहरुले व्यक्तिगत र व्यवसाय भन्दा माथि उठेर मुलुकको हीतको लागि सुझाव दिनुपर्छ । अहिलेको आवश्यकता गुणस्तरीय व्यापार हो । पछिल्लो समय सरकारले आयातमा बन्देज विभिन्न वस्तुहरु आयातको लागि देशको आवश्यकता अनुसार सरकारले निर्णय गर्ने छ ।­’

त्यस्तै,राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले सरकारले लिएका खम्बे अर्थ नीति अनुसार अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले दुईपक्षीय व्यापार विस्तारको लागि सरकार, नीजि क्षेत्र र सहकारी तीनवटै मिलेर गर्दा सफल हुने बताउनु भयो । फुँयालले मुलुकको आर्थिक वृद्धिको लागि व्यापार उद्योगको विकास जरुरी रहेको बताउँदै सरकार अहिले पूर्वारधार विकास तथा औधोगिक पूर्वाधार निर्माणमा अगाडि बढेकाले यसलाई पारदर्शिता र समयमा नै काम सक्नुपर्ने सुझाव दिनुभयो । सरकारले तेस्रो मुलुकसँग व्यापारका लागि चीनसँग भएको पारवहन सम्झौता बलियो रुपमा कार्यान्वय गर्नुपर्ने भन्दै सदस्य फुँयालले सरकारले दुईपक्षीय व्यापारमा रहेका भौगोलिक तथा सामाजिक असमानतालाई हटाउनु पर्ने बताउनु भयो ।

सदस्य फुँयालले भन्नुभयो,‘ लिएका तीन खम्बे अर्थ नीति अनुसार अगाडि बढ्नु पर्छ । दुईपक्षिय व्यापार विस्तारको लागि सरकार, नीजि क्षेत्र र सहकारी तीनवटै मिलेर गर्दा सफल हुन्छ ।  मुलुकको आर्थिक वृद्धिको लागि व्यापार उद्योगको विकास जरुरी रहेको छ । सरकारले अहिले पूर्वाधार विकास तथा औधोगिक पूर्वाधार निर्माणमा अगाडि बढेकाले यसलाई पारदर्शिता र समयमा नै काम सक्नुपर्छ । यसरी सरकारले यो क्षेत्रमा कामै नगरेको भने छैन । आयात भएका वस्तुको लागत घटाउनको लागि सुख्खा बन्दरगाह, आइसिपी निर्माण लगायतका काम गरिरहेको छ । अझ सरकारले तेस्रो मुलुकसँग व्यापारका लागि चीनसँग भएको पारवहन सम्झौता बलियो रुपमा कार्यान्वयको लागि पहल गर्नुपर्छ । सरकारले दुईपक्षिय व्यापारमा रहेका भौगोलिक तथा सामाजिक असमानतालाई हटाउनु पर्ने जरुरी छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल विश्वव्यापार संगठनसँग आवद्ध भएर पनि केही फाइदा लिन नसकेको बताउनु भयो । उहाँले संगठनमा आवद्ध भएदेखि अहिलेसम्म निर्यातमा उल्लेखिय प्रगति गर्न नसकेको बताउनु भयो । नेपालको अहिले पनि व्यापार घाटा उच्च रहेको अध्यक्ष गोल्छाले बताउनु भयो । उहाँले नेपाल जुनसुकै संगठनमा आवद्ध भएता पनि भारतसँग मात्रै ८५ प्रतिशत व्यापार गर्दै आएको बताउँदै अहिले नेपालको निर्यात बढेकोर भारतमा अन्य देशबाट आयातमा कडा गरिएका वस्तु नेपालमा कतैबाट ल्याएर उत्पादन गरेर निर्यात नगरे निर्यात घट्ने बताउनु भयो । उहाँले विश्व व्यापार संगठनमा आवद्ध भएपनि नेपाली उद्योगमा भएका वस्तु अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन नसकेको बताउनु भयो ।  नेपालमा राजनीतिक परिर्वतनको कारण पनि उद्योगमा लगानी हुन नसकेको बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्रको क्षमता ७ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने नभएको बताउँदै विगतमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतको हाराहारीमा रहेको बताउनु भयो । उहाँले बजारमा उपभोक्तालाई सामान सस्तो बनाउनको लागि उद्योग तथा आयातमा लाग्ने लागत कम गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष गोल्छाले भन्नुभयो,‘नेपाल विश्व व्यापार संगठनसँग आवद्ध भएर केही फाइदा लिन सकेको छैन । यसमा आवद्ध भएर अन्तराष्ट्रिय छवि राम्रो बनाएको होला । तर, व्यापार तथा उद्योगको लागि केही पनि पाmइदा गर्न सकिएको छैन। यसरी फाइदा लिन नसक्दा आवद्ध हुनु र नहुनुमा केही भिन्नता भएन । सन् १९०४ विश्व व्यापार सिंगठनको सदस्य भएको थियो । तर संगठनमा आवद्ध भएदेखि अहिलेसम्म निर्यातमा उल्लेखिय प्रगति गर्न नसकिएको छैन । नेपालको अहिले पनि व्यापार घाटा उच्च रहेको छ।  नेपाल जुनसुकै संगठनमा आवद्ध भएता पनि भारतसँग मात्रै ८५ प्रतिशत व्यापार गर्दै आएको छ । अहिले नेपालको निर्यात बढेकोदेखि पनि भारतमा अन्य देशबाट आयातमा कडा गरिएका वस्तु नेपालमा कतैबाट ल्याएर उत्पादन गरेर निर्यात भारत नगरे निर्यात घट्ने छ । नेपालले साप्टा, डब्लुटिओ, विमिष्टेकका कुरा गने पनि निर्यात बढान सकेको छैन । नेपालमा राजनीतिक परिर्वतनको कारण पनि उद्योगमा लगानी हुन नसकेन । त्यो समयमा लगानी भएका उद्योग पनि विनाश भए । त्यस्तै विभिन्न सडक संचरचना समेत कमजोर भए । भन्सारमाबाट आउने समानको लागत बढ्यो । अहिले  संरचनाहरु सुधार भएको छ।े नेपालको अर्थतन्त्रको क्षमता ७ प्रतिशत आर्थिक वृद्धिदर हुने छैन । विगतमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतको हाराहारीमा हुँदै आएको छ । सरकारले नेपालमा उद्योग स्थापना भन्दा पनि राजश्व वृद्धिमा मात्रै ध्यान गएको छ। भएका उद्योगलाई गुणस्तरीय उत्पादनको लागि सहज कानून बनाउन लागि परेको छैन।  नेपालमा विदेशबाट चिनी आयात गरे ४० प्रतिशत राजश्व बढ्छ । बजारमा उपभोक्तालाई सामान सस्तो बनाउनको लागि उद्योग तथा आयातमा लाग्ने लागत कम गर्नुपर्छ ।’

अध्यक्ष गोल्छाले वस्तुको लागत कम गर्नको लागि सरकारले भन्सारसम्म रेल जोड्नु पर्ने बताउनु भयो । उहाँले लागत कम गर्ने उदेश्यले सरकारले काठमाडौंमा सुख्खा बन्दरगाह निर्माण गरेर पनि अहिलेसम्म सञ्चालनमा आउन नसकेकोप्रति गुनासो गर्नुभयो ।