• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम विजयी



काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।

यसअघि सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १५४ रनको चुनौती पछ््याउने क्रममा कर्णाली १९ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो । कर्णालीका  कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ४३ बल खेल्दै चार चौका हाने । अर्जुन घर्तीले २४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३० रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट लिए । हेमन्त धामीले दुई तथा आदित्य महता, गजेन्द्र बोहरा र विकास आग्रीले एक–एक विकेट लिए । 
    
त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन जोड्यो । सुदूरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान गरे । उनले २३ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरे । वसन्त कार्कीले २८, दीपक बोहराले २५ र खडग बोहराले २२ रनको योगदान दिए । 

बलिङतर्फ कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट लिए । रवीन्द्र शाही र दिवान पुनले दुई–दुई तथा दिनेश अधिकारीले एक विकेट लिए । तीन खेल खेलेको कर्णालीको यो दोस्रो हार हो । यसअघि कर्णाली त्रिभुवन आर्मी क्लबसँग ६३ रनले पराजित भएको थियो । कर्णालीले  प्रदेश नं १ लाई भने ३१ रनले पराजित गरेको थियो ।