८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कर्पियो दुर्घटना हुँदा ८ जना घाइते



अ+ अ-

काठमाडौं। भक्तपुरमा तीव्र गतिमा रहेको स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

बिहीबार सुवर्णश्वबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कर्पिओ दुर्घटना भएको हो। विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई देखेर एक्कासि ब्रेक लगाउँदा स्कर्पिओ सडकमै पल्टिएको थियो।

घाइते हुनेमा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी रहेको भक्तपुर प्रहरीले जनाएको छ । उनीहरूको मध्यपुर थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये एक जनाको कानबाट रगत बगेको छ। अन्यको अवस्था सामान्य नै रहेको र उनीहरू स्कर्पिओ पल्टिएपछि आफै बाहिर निस्किएको प्रहरीको भनाइ छ।

गाडी पल्टिँदै आएपछि मोटरसाइकल पनि छेउतिर पल्टिएको थियो। तर मोटरसाइकल चालक भने लगत्तै घाइतेहरूको उद्धारमा खटिएको सीसीटीभी फुटेजमा देखिन्छ।