२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले महिला तथा बालिकाको सशक्तीकरण र समावेशीतामा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी



काठमाडौँ, ९ कात्तिक ः नागरिक समाजद्वारा तयार पारिएको बेइजिङ प्लस ३० का बारेमा शुक्रबार राष्ट्रिय समीक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुँडी । तस्बिरः गोपाल दाहाल÷रासस
अ+ अ-

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपालले लैङ्गिक समानताको प्राप्ति र महिला तथा बालिकाको सशक्तीकरण समावेशीतामा उल्लेख्य उपलब्धि हासिल गरेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घ मुख्यालय न्यूयोर्कमा आयोजित महिलाको स्थितिसम्बन्धी आयोग (सिएसडब्लु) को ६९औँ सत्रमा बुधबार राष्ट्रिय वक्तव्य प्रस्तुत गर्दै मन्त्री सुडीले लैङ्गिक समानता दिगो र न्यायपूर्ण समाजको प्रवद्र्धनका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । नेपालले विगत तीन दशकमा यस दिशामा गरेका महत्त्वपूर्ण प्रगतिलाई प्रकाश पार्दै भन्नुभयो, “नेपालको संविधानले सङ्घीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत र स्थानीय निकायमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । नेपालले सदैव लैङ्गिक समानता र महिला सशक्तीकरणका मुद्दालाई उच्च प्राथमिकता दिँदै आएको छ ।”

महिलालाई सशक्त बनाउन वित्तीय समावेशीकरण विस्तार गर्ने, सामाजिक सुरक्षा सुदृढ गर्ने, लैङ्गिक उत्तरदायी बजेटलाई अगाडि बढाउने, लैङ्गिक डिजिटल विभाजनलाई कम गर्ने, र लैङ्गिक–विश्लेषित तथ्याङ्कको सङ्कलन तथा उपयोगलाई बढाउनेलगायतका क्षेत्रमा रणनीतिक हस्तक्षेपको महत्त्वमा मन्त्री सुडीले जोड दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई विद्यमान खाडललाई पुर्न र लैङ्गिक समानतालाई केवल एक आकाङ्क्षाका रूपमा नभई सबैका लागि जिवित यथार्थ बनाउन ऐक्यबद्धताको भावनाका साथ मिलेर काम गर्न आह्वान गर्नुभएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

मन्त्री सुडीले सिएसडब्लुको ६९औँ सत्रको मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुभएको थियो । सो बैठकमा उहाँले लैङ्गिक समानता र महिला सशक्तीकरण अभिवृद्धि गर्न नेपालका राष्ट्रिय संयन्त्रले गरेका कार्यबारे प्रकाश पार्नुभएको थियो । उहाँले नेपालका कानुन र नीतिले आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रमा सबै प्रकारका लैङ्गिक भेदभाव उन्मूलन गरेर महिला सशक्तीकरण र लैङ्गिक समानताको प्रत्याभूति गरेको अवगत गराउनुभएको थियो ।

बालिका शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक सशक्तीकरणमा कार्यक्रम तथा पहलमा लगानी बढाउन र सार्वजनिक तथा निजी वित्त परिचालन गर्न मन्त्री सुडीले आह्वान गर्नुभयो । सोही अवसरमा उहाँले युनिसेफद्वारा आयोजित ‘शक्ति र किशोरीः बालिकामा लगानी गरौँ, विश्व परिवर्तन गरौँ’ र खाद्य तथा कृषि सङ्गठन (एफएओ)द्वारा आयोजित ‘अधिकार–आधारित र लैङ्गिक–न्यायपूर्ण खाद्य सुरक्षा र पोषणतर्फः भोकमरी अन्त्य गर्ने र कसैलाई पनि पछाडि नछोड्ने मार्गहरू’ विषयका साइड इभेन्टहरूलाई पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा उहाँले नेपालले लैङ्गिक समानता र महिला सशक्तीकरणमा गरेका प्रयासबारे प्रकाश पार्नुभएको थियो ।

मन्त्री सुडीले शुक्रबार नेपाल, बङ्गलादेश र फिनल्याण्डद्वारा संयुक्त रूपमा आयोजना गरिने तथा  युनिसेफद्वारा आयोजना गरिने छुट्टाछट्टै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको स्थायी नियोगले जनाएको छ । मन्त्री सुडी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा सङ्घीय संसद्का सदस्यहरू, मन्त्रालयका सचिव र वरिष्ठ सरकारी अधिकारीहरू सहभागी हुनुहुन्छ । रासस




भर्खरै