६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकका शिक्षक कर्मचारीको क्षमता अभिबृद्धि गर्न दुई दिने प्रशिक्षण



अ+ अ-

काठमाडौं। चाँगुनारायण भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षक तथा कर्मचारीहरुलाई दुई दिने क्षमता अभिबृद्धि प्रशिक्षण दिएको छ ।

ललितपुरको स्टाफ कलेजमा सञ्चालित तालिममा सहभागीहरुलाई नेतृत्व विकास, शिक्षाशास्त्र, सुचनासञ्चार र सीप विकासका विषयहरुको प्रशिक्षण दिइएको हो । आइतबारदेखि भएको प्रशिक्षणमा विके रमन भट्टराई, डा. नरेन्द्रविक्रम राज पनेरु, मानसी अग्रवाल, प्रा.डा. बालमुकुन्द भट्टराईले सहभागीहरुलाई विषयगत विषयहरुमा प्रशिक्षण दिनु भएको थियो ।

शिक्षक तथा कर्मचारीहरुले प्रशिक्षणबाट विद्यार्थीलाई कसरी अध्ययनमा रुचि जगाउने, विद्यार्थीहरुका जिज्ञासा र पाठ्यक्रमका विषयवस्तु प्रभावकारी रुपमा कसरी बुझाउने लगायतको बारे जानकारी पाइएको बताए । उनीहरुले नेतृत्व विकास, सीप विकास र व्यक्तित्व विकासका यस्ता प्रशिक्षणहरुले कलेजको शैक्षिक, प्रशासनिक गुणस्तरीयता कायम गर्न पनि सहयोग पुग्ने बताए ।

कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले नेतृत्व क्षमता विकास तालिमले शिक्षक तथा कर्मचारीहरुको व्यक्तित्व विकास, क्षमता विकासमा टेवा पुग्ने बताउनु भयो ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले शिक्षक, कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न तालिम तथा प्रशिक्षणहरु दिँदै आएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरुको अध्ययन अध्यापन हुने गरेको छ ।