२७ जेष्ठ २०८३, बुधबार
,
Latest
कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकका शिक्षक कर्मचारीको क्षमता अभिबृद्धि गर्न दुई दिने प्रशिक्षण



अ+ अ-

काठमाडौं। चाँगुनारायण भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षक तथा कर्मचारीहरुलाई दुई दिने क्षमता अभिबृद्धि प्रशिक्षण दिएको छ ।

ललितपुरको स्टाफ कलेजमा सञ्चालित तालिममा सहभागीहरुलाई नेतृत्व विकास, शिक्षाशास्त्र, सुचनासञ्चार र सीप विकासका विषयहरुको प्रशिक्षण दिइएको हो । आइतबारदेखि भएको प्रशिक्षणमा विके रमन भट्टराई, डा. नरेन्द्रविक्रम राज पनेरु, मानसी अग्रवाल, प्रा.डा. बालमुकुन्द भट्टराईले सहभागीहरुलाई विषयगत विषयहरुमा प्रशिक्षण दिनु भएको थियो ।

शिक्षक तथा कर्मचारीहरुले प्रशिक्षणबाट विद्यार्थीलाई कसरी अध्ययनमा रुचि जगाउने, विद्यार्थीहरुका जिज्ञासा र पाठ्यक्रमका विषयवस्तु प्रभावकारी रुपमा कसरी बुझाउने लगायतको बारे जानकारी पाइएको बताए । उनीहरुले नेतृत्व विकास, सीप विकास र व्यक्तित्व विकासका यस्ता प्रशिक्षणहरुले कलेजको शैक्षिक, प्रशासनिक गुणस्तरीयता कायम गर्न पनि सहयोग पुग्ने बताए ।

कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले नेतृत्व क्षमता विकास तालिमले शिक्षक तथा कर्मचारीहरुको व्यक्तित्व विकास, क्षमता विकासमा टेवा पुग्ने बताउनु भयो ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले शिक्षक, कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न तालिम तथा प्रशिक्षणहरु दिँदै आएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरुको अध्ययन अध्यापन हुने गरेको छ ।