११ चैत्र २०८१, सोमबार
,
Latest
धोनीले ०.१२ सेकेन्डमा स्टम्पिङ गरे, रोहित आईपीएलमा १८औं पटक शून्यमा आउट इजिप्ट र युरोपेली संघका शिर्ष कुटनीतिज्ञद्वारा गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आग्रह अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण आईपीएलमा आज दिल्ली र लखनउ खेल्दै, यस्तो छ हेड–टु–हेड क्षयरोगको न्युनिकरण गर्न प्रभावकारी ढंगबाट काम गर्नुपर्नेछः स्वास्थ्यमन्त्री पौडेल प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा सिँचाइ सुविधापछि तीन बाली खेती वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’ ल्याइएको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुले विरोधको सूचना राखेपछि जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले प्रचलित कानूनमा आवश्यक संशोधन गरी सहकारी वचतकर्ताको वचत फिर्ता गर्न र बचत सुरक्षा गर्न विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले विधेयकले तीन तहको सरकारबीच समन्वय र सहकार्य गरी सबै सहकारीमा सबै वर्गको सहभागिता बढाउने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सहकारीको क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न, प्रचलित कानूनमा आवश्यक संशोधन गरि बचतकर्ताको बचत फिर्ता गर्न र बचत सुरक्षा गर्न, नियमन प्राधिकरणको व्यवस्थालाई व्यवस्थित गरि गलत गर्नेलाई कारबाही गर्न, तीन तहको सरकारमा समन्वय गरि सहकारीलाई अझै व्यवस्थित गर्न र सबै वर्ग र तहको प्रतिनिधित्व गर्न यो विधेयक गरेको छ । आईसिएले तोकेका विधिअनुरुप नै विधेयक आएको कारण विरोधका सूचनाहरु फिर्ता लिन अनुरोध गर्दछु ।’

उहाँले सहकारी क्षेत्रलाई पारदर्शी र प्रभावकारी बनाउन उक्त विधेयक सहयोगि हुने बताउनु भयो ।