
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएको आरोप लगाउँदै नेविसंघ तालाबन्दी गरेको हो ।
आधिकारिक रूपमा अध्यक्षमा अनोज कार्कीको नेतृत्वको टीम भएपनि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय ५ बजेपछि मनोनयन दर्ता गरिएको नेविसंघको आरोप छ ।