१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पत्रकारले समाजले अनुभूति गर्ने गरी काम गर्नुपर्छ–भानुभक्त ढकाल

पत्रकारले समाजले अनुभूति गर्ने गरी काम गर्नुपर्छ–भानुभक्त ढकाल
अ अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पत्रकारले समाजले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार प्रेस चौतारी नेपाल प्रदेश प्रतिष्ठान समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सम्मेलन, अधिवेशन र महाधिवेशनमा पत्रकार देखिने अघिपछि हराउने कुरा अन्त्य हुनु पर्नेमा जोड दिनुभयो । पत्रकारले समाजको हरेक क्षेत्रमा प्रभाव पार्ने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

आन्दोलन सबै मिलेर गर्नुपर्ने बताउँदै उहाँले यो साझा अभियान भएको स्पष्ट पार्नुभयो । ‘आन्दोलन सबै मिलेर गर्ने हो, यो साझा अभियान हो’, ढकालले भन्नुभयो ।

उहाँले सत्ता साझेदार राजनीतिक दल र त्यसका भातृ संगठन बिच स्वच्छ र मर्यादित प्रतिस्पर्धा हुनुपर्नेमा उहाँले जोड दिनुभयो । चुनावमा एक दुई सिट हार जित हुँदा केही फरक नपर्ने बताउँदै उहाँले निर्वाचन अनुशासित र मर्यादित हुनु पर्ने ढकालले स्पष्ट पार्नुभयो । यस्ता विषयको सञ्चार क्षेत्रले उठान गरिदियो भने सकारात्मक प्रभाव पार्ने उहाँको धारणा छ । ‘मुलुकको राष्ट्रिय राजनीतिलाई सङ्लो बनाउन यसले योगदान गर्दछ’, उहाँले भन्नुभयो ।

अहिलेको सकरकार संसद्को बनावटको हिसाबले बलियो सरकार भएको उहाँले बताउनुभयो । यही बलियो सरकार भएको बेलामा नागरिकका हित अनुकूल कानुन बनाउनु पर्नेमा ढकालले जोड दिनुभयो ।

अध्यादेश आउने कुरा संविधानसम्मत नै भएको बताउँदै उहाँले यो सरकारले के के न गरेको हो भनेर हाउगुजी बनाउने बनाउने विषय नभएको ढकालले स्पष्ट पार्नुभयो । अध्यादेशमा केही कमी कमजोरी छन् भने त्यसमा छलफल गरे अघि बढाउन सकिने उहाँले बताउनुभयो । ‘विषयलाई राम्रो बनाएर अनुकूल बनाउने भन्दा पनि सरकारको आलोचना गर्ने तिर समाज नजाओस् भन्ने कुरामा सञ्चार माध्यमले ध्यान देओस्, बलियो सरकार छ, सबैले सहयोग गरौँ, हाम्रा अप्ठेरा पनि टर्छन्, सरकार पनि सच्चिएर अघि बढ्छ’, उहाँले भन्नुभयो ।

अहिले समाजमा एक खालको अस्थिरता र अराजकता मच्चाउने व्यक्ति र शक्ति एक ठाउँमा उभिएका उहाँले बताउनुभयो । समाज एउटा गतिमा अघि बढिसकेपछि फेरी पछाडि फर्कन सक्दैन भन्ने कुरा राजावादीलाई नबिर्सन उहाँले आग्रह गर्नुभयो । ‘पूर्वराजा नागरिक भएर राजनीति गर्ने हो भने दल खोलेर राजनीतिमा आउन सक्नु हुन्छ, तर मुलुक फेरी प्रतिगमन तिर फर्कन्छ कि भन्ने लागेको छ भने त्यो सम्भव छैन’, उहाँले भन्नुभयो ।

यो कुरालाई पत्रकारहरूले अगुवाइ गरेर नागरिकका बिचमा पुर्‍याउनु पर्ने बताउनुभयो । यसले समाजलाई ठिक कुरा बुझ्न सहयोग पुग्ने ढकालको धारणा छ । आँखा देखाउनको लागि यहाँहरूले सचेत अभियान चलाउन आवश्यक छ, मुलुकमा अस्थिरताको आँधीबेहरी चल्ने हो कि चट्याङ पर्ने हो कि भन्ने भ्रम चिर्न यसले सहयोग गर्दछ’, उहाँले भन्नुभयो ।

देश धेरै अगाडि बढेकोले राजतन्त्रको काखमा बसेर आनन्द लिन सकिन्छ कि भन्ने सपना नदेख्न उहाँले आग्रह गर्नुभयो । मरिसकेको राजतन्त्रको काखमा बसेर खेल्ने कुरा अब सपना मात्र भएको उहाँले स्पष्ट भएको ढकालले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा ढकालले प्रेस चौतारी नेपाललाई सङ्ख्यामा मात्र होइन गुणस्तरमा मापन गर्नुपर्ने बताउनुभयो । आफूले आफ्ना बारेमा होइन आफ्ना बारेमा अरूले गर्ने मूल्याङ्कन प्रेस चौतारीका सदस्यले विश्वास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।